पुर्व ताप्लेजुङ्गका जसु लिम्बु थेबेले लिम्बु भाषाको गीतमा आवाज दिएका छन ।
पान्थरेनी बोलको गीतलाई उनले केही महिना अगाडी युट्युबमा भिडियो सहित सार्बजनिक गरेका छन ।
यो गीतमा गायिका गंगा फियाकले जसुलाई साथ दिएकी छन ।
शब्द निसान आन्छुमेको हो भने संगीत सेमिहाङ सिंघक लिम्बुले भरेका छन र यसको एरेन्ज टेकेन्द्र यक्सोले गरेका छन । स्टुडीयो एकष्टिकमा गीत रेकर्ड गरिएको हो ।
रोजगारीका शिलशिलामा प्रवासमा रहेका लिम्बुले यसअघि पनि लोकप्रिय गीतहरुको रचना समेत गरिसकेका छन ।
उनको 'मायाको झल्को' र 'बेसी गोठ' जस्ता पुर्वेली गीतहरु चर्पचाको शिखरमा छन ।
यो गीत 'पान्थरेनी' लाई सुनिदिन र प्रतिक्रिया सहित शेयर गरिदिन उनले सबैलाई आग्रह गरेका छन ।