मेरिल्याण्ड राज्यमा बसेर सन् २०२२ मा हाईस्कुल देखी पिएचडीसम्म गरेका बिद्यार्थीहरुलाई सम्मान गरिने भएको छ । बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरले यो कार्यक्रम गर्ने भएको हो । आगामी अगष्ट २८ तारिख आइतबार सम्मान समारोह राखिएको कार्यक्रमका संयोजक रामचन्द्र अधिकारीले नेप्लिज डायस्पोरालाई जानकारी दिनुभयो ।
कार्यक्रम बिहान १०:०० बजे देखि दिउँसो १२:०० बजे सम्म बाल्टिमोरस्थित हिन्दु बुद्ध मन्दिरको प्रांगणमा हुनेछ ।
यस वार्षिक सत्र २०२२ मा मेरिल्याण्ड राज्यबाट उच्च माध्यमिकदेखि बिद्या वारिधि(पिएचडी) सम्म अध्ययन गरि दिक्षान्त गरि सकेकालाई सम्मान गरिने जानकारी लायन्स क्लब अफ बाल्टिमोर नेप्लिजका बैकुण्ठमान श्रेष्ठले बताउनु भयो ।
कार्यक्रम नेपाली अमेरिकन कल्चरल सेन्टर अफ बाल्टिमोर, लायन्स क्लब अफ बाल्टिमोर नेप्लिज, नाम्लो ईभेन्ट्सले संयुक्त रुपमा गर्न लागेको हो ।