Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अमेरिकामा पूर्व मूख्यमन्त्री डा. पवन चाम्लिङ्गको भव्य स्वगत तथा सम्मान

अमेरिकामा पूर्व मूख्यमन्त्री डा. पवन चाम्लिङ्गको भव्य स्वगत तथा सम्मान

सतीश चापागाईं

१०, भाद्र २०७९
images
अमेरिकामा पूर्व मूख्यमन्त्री डा. पवन चाम्लिङ्गको भव्य स्वगत तथा सम्मान


सुरेश चाम्लिङ्ग / शेखर राई, न्यूह्याम्सायर

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (UKROA) ले सन् २०२२ को जुन महिनामा उभौलि साकेलाको पावन अवसर पारी विश्वका विभिन्न देशहरूमा संगठित भएका किरात राईहरुको समाजिक सांस्कृतिक संघ-संस्थाहरूलाई गोलवद्ध गर्दै आयोजना गरेको भर्चुयल “शुभकामना आदान-प्रदान गरेको छ ।

कार्यक्रम का प्रमूख अतिथी भारतको सिक्किम राज्यका सम्माननिय पूर्व मूख्य मन्त्री तथा बरिष्ठ नेपाली साहित्यकार डा. पवन चाम्लिङ्ग राईलाई एक विशेष कार्यक्रमको आयोजना गरी नेपाली-अमेरिकन किरात राईहरुको सास्कृतिक/सामाजिक सँस्था युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका UKROA ले गत २० अगष्ट,२०२२ का दिन अमेरिकाको न्युयोर्क शहरमा एक बिशेष कार्यक्रमको आयोजना गरी भब्यरूपमा सम्मान गरेको छ।

पच्चिस वर्ष सम्म सिक्किम राज्यको सत्तामा निरन्तर रही सिक्किमेली जनताको जिवनमा आमूल परिवर्तन ल्याउन सफल हुनु भएका कुशल राजनितिज्ञ श्री चाम्लिङ्ग राई ज्युले उक्त सम्मान समारोहलाई सम्बोधन गर्नुहुदै, सम्पूर्ण नेपाली जाती र भाषीहरुको उन्नति र प्रगति समग्र एकतामा नै रहेको र आपसी सरसहयोग अनि सद्भावबाट मात्रै एकअर्काको विचमा स्वभिमान पूर्वक वाच्ने वातावरणको श्रृजना गर्न सकिने विचार ब्यक्त गर्नुभएको थियो।

आफु सिक्किमको मुख्य मन्त्री रहँदा सिक्किम राज्यमा बिभिन्न भाषाहरुको स्कुलहरु, धार्मिक मठ-मन्दिरहरु, गुम्वा तथा गिर्जा घरहरू बनाएको स्मरण गर्नुहुदै किरातीहरुको सामुहिक मांडःखिम पहिलो पटक सिक्किममा नै निर्माण गरिएको बताउनु भएको थियो।

उहाले नयाँ कुरा गर्दा निकै बाधा अड्चनहरु आउने तर त्यसलाई निरन्तर रूपमा ईमान्दारीकासाथ कोसिशगरिरहदा सफल भइने तर्क गर्नुहुदै, सिक्किमलाई अर्ग्यानिक राज्य बनाउने संकल्प गर्दाका चुनौतिपुर्ण समयको सामना गरेको आफ्नो अनुभव समेत सुनाउनु भएको थियो।


अर्को एक प्रसंगमा ”किनी खाने भन्दा बेची खाने राम्रो, अझ आफै उत्पादन गरी अरुलाई समेत बचाउँदै बेची खानेहरु त झन् संसार कै असल मानिसहरु हुन् भन्दै”, हाल अमेरिकामा वसोवास गरिरहेका किरात तथा गैर किरात नेपालीहरुलाई अमेरिकामा साह्रै सस्तोमा प्राप्त हुने धेरै भूमिको फाइदा उठाउदै कृषी उपार्जनमा समेत लाग्न सुझाउनु भएको थियो। अन्तमा बिशेष रूपमा आफ्ना नानीहरूको शिक्षामा ध्यान पुर्याउन सुझाव दिनुहुदै समुचित शिक्षाबाट मात्रै राज्यको मूल प्रवाहमा समाहित हुन सकिने महत्वपुर्ण विचार व्यक्त गर्नु भएको थियो।

UKROA का सल्लाहाकार तथा केन्द्रिय पूर्व अध्यक्ष बिष्णु राईले आजका दिनमा हरेक कुराहरू ‘’Globalize” भईरहेको वर्तमान परिप्रेक्षमा संसार भरिका विभिन्न देशहरूमा सँगठित हामी किरात राईहरूको सामाजिक, सास्कृतिक संघ, संस्थाहरूको प्रतिनिधित्व हुने गरी साझा विचार र कार्यक्रममा आधारित, साझा उदेश्यमा केन्द्रित एउटा ग्लोवल किरात राई अर्गनाईजेशनको आवश्यक्ता महसुस गरिएको औलाउनु भयो।

उक्त ग्लोवल अर्गनाईजेशनले हामी किरात राईहरुको भाषा, परम्परा, घर्म संस्कार र ईतिहासलाई संरक्षण र सम्वर्धन गर्ने संन्दर्भमा प्रभावकारी भूमिका खेल्नसक्ने आफ्नो विचार राख्नुहुदै, यसको महत्वलाई प्रस्ट्याउनु भएको थियो। उक्त विशेष सम्मान समारोहमा न्यूयोर्क स्थित बिभिन्न संघ/ संस्थाका प्रतिनिधिहरुले पनि पूर्व मुख्य मन्त्रि चाम्लिङग् राई ज्युको सफल कार्यकालको मुक्त कण्ठले प्रशंसा गर्दै बधाई मन्तब्यहरु राखेका थिए। बधाई मन्तब्य राख्ने प्रतिनिधिहरुमा नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (FIPNA) का अध्यक्ष राज कुमार बिस्ट, नेपाल अमेरिका पत्रकार महासंघ (नेजा) का कार्यवाहक अध्यक्ष मच्छे गुरुङ, न्युयोर्कका मेयर एरिक एडम्स् का एशियन अफेयर्स एडभाइजरि काउन्सील मेम्बर हामी नेपाल ग्लोबलक उपाध्यक्ष तथा कलेज पोइन्ट सिभिक एण्ड ट्याक्स् पेयर्स एसोसियसनका अध्यक्ष नवराज के.सी. थिए।


NRNA NCC अमेरीकाका पूर्व अध्यक्ष, फिप्नाका पूर्व अध्यक्ष तथा UKROA का संस्थापक अध्यक्ष शिब कुमार राईले डा. चामलिंडःगलाई अभिनन्दन प्लेग हस्तान्तरण गर्नुहुदै मातृभूमी भन्दा टाढा रहँदा आफ्नो भाषा, धर्म संस्कृति र रितीरिवाजको ‘’Nostalgic’ प्रचुर हुने भएता पनि नयां ठाउमा वांच्नको निम्ति आधारभुत संघर्ष मै धेरै समय खर्चनु पर्ने बाध्यता र नगन्य किरात राईहरुको संङ्ख्याका कारण सन् २००३ को अन्त्यसम्म किरात राईहरुको आधिकारिक सांस्कृतिक संस्था अमेरिकामा अस्तित्वमा नरहेको बताउनु हुदै तत् पश्चात सार्हो-गार्हो पर्दा सहयोग गर्न सकियोस्।

मरौ-परौमा आफ्नो धर्म संस्कार अनुरूप कर्म काण्ड गर्न सकियोस्।अनि मुख्य रूपमा हाम्रो भाषा,परम्परा, संस्कृति र ईतिहासलाई संरक्षण र सम्वर्धन गर्दै भविष्यको पिढीमा पुस्तान्तरण गर्न सकियोस भन्ने पवित्र उद्देश्यका साथ सन् २००७ मा विभिन्न राज्यहरुमा लोकल्ली संगठित किरात राई ”क्लस्टर” हरुलाई संगठित गर्दै युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (UKROA) भन्ने संस्थाको स्थापना गरिएको ईतिहासलाई सुनाउनु भएको थियो।साथै यस सस्थाको ५ च्याप्टर कमिटीले अमेरिकाको पूर्व देखी दक्षिण हुदै पश्चिमी राज्यहरु सम्म नै आफ्नो संजाल विस्तार गर्दै ६५ आजिवन सदस्यता सहित करिव ७०० सदस्यहरुलाई संस्थामा संग़ठित गरिसकेको तथ्य बताउनु भएको थियो।

उक्त बिशेष सम्मान समारोहलाई अध्यक्षता गर्नु भएका युनाइटेड किरात राइ अर्गनाइजेसन अफ अमेरीका (UKROA) का अध्यक्ष जय राईले समारोहको बिसर्जन गर्नु हुदै श्री डा. चाम्लिङ्ग कुशल राजनेता मात्र नभएर वरिष्ठ नेपाली साहित्यकार र साँचो अर्थमा मुन्धुमी आदर्श र शिक्षालाई आफ्नो जिवनमा अनुशरण गर्ने पारुहाङ र सुम्निमाका एक असल संन्तान भनि मुक्त कण्ठले प्रशंसा गर्नु भएको थियो।

पूर्व मुख्य मन्त्री चाम्लिङ्गलाई संस्थाको तर्फबाट सम्मान पत्र प्रदान गर्नुहुदै अध्यक्ष राईले वहाँ सम्पूर्ण नेपालीको एक आदर्श अभिभावक हुनुभएकोमा गर्व समेत गर्नु भएको थियो।

कार्यक्रमको दोस्रो सेसनमा पूर्व मुख्य मन्त्री चाम्लिङ्गको सम्मानमा उहाका धर्मपत्नी श्रीमती टीकामाया राई, छोरी-ज्वाई कोमल चाम्लिङ्ग र अनिल राई सहित सपरिवारसँग श्याम्पेन टोस्ट गर्दै बिशेष डिनर भोजको आयोजना गरिएको थियो।

अर्गनाइजेसनका केन्द्रिय उपाध्यक्ष केशब राम राईको संयोजककत्वमा विशेष सुरक्षाको प्रवन्ध सहित दुवै सेसनको कार्यक्रम भव्यरूपमा व्यवस्थापन गरिएको थियो भने स्वगत तथा सम्मान समारोहक़ो संचालन कानूनी सल्लाहकार सुरेश चामलिंङ्ग राईले गर्नु भएको थियो।

images
प्रकाशित मिति :भाद्र १०, २०७९ शुक्रवार - २०:४९:३४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend