Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

नवराज लम्सालको ‘अग्नि’ लाई यो बर्षको मदन पुरस्कार

नवराज लम्सालको ‘अग्नि’ लाई यो बर्षको मदन पुरस्कार

सतीश चापागाईं

११, भाद्र २०७९
images
नवराज लम्सालको ‘अग्नि’ लाई यो बर्षको मदन पुरस्कार

यस बर्षको मदन पुरस्कार अग्नि महाकाव्यका लागि साहित्यकार डाक्टर नवराज लम्साललाई प्रदान गरिने भएको छ।

शनिबार बसेको मदन पुरस्कार गुठीको बैठकले अग्नि महाकाव्यका लागि लम्साललाई मदन पुरस्कार प्रदान गर्ने निर्णयगरेको हो।

यसैगरी जगदम्बा-श्री सम्मान पाउने साहित्यकार श्रेष्ठ बनारसबाट प्रकाशित हुने उदय पत्रिकाका सम्पादक हुन्। ८२ वर्षीय श्रेष्ठ कथा, कविता, निबन्ध, उपन्यास समालोचनामा कलम चलाउदै आएका छन्।

२०७८ सालको मदन पुरस्कारका लागि प्राप्त २९९ पुस्तकमध्ये निर्णायक मण्डलले अग्निलाई छनोट गरेको मदन पुरस्कारगुठीका अध्यक्ष कुन्द दीक्षितले सार्बजनिक गरेका छन्।

यसअघि गुठीले पुरस्कारको प्रतिस्पर्धामा रहेका श्रेष्ठ आठ पुस्तकको सूची सार्वजनिक गरेको थियो। जसमा लम्सालको अग्नि दामोदर पुडासैनीकिशोरको ग्रीष्मको नीलो बतासवसन्त बस्नेतको महाभारादीपा मेवाहाङ राईको यादको सन्दुकनारायण पौडेलको लिच्छवि लिपिनीलमणि ढुङ्गनाको व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोशसुजित मैनालीको सतीः इतिहास मीमांसा तथा पद्मसुन्दर जोशीको हिति प्रणाली रहेका थिए।

images
प्रकाशित मिति :भाद्र ११, २०७९ शनिवार - २१:००:२१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend