Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

'हामी नेपाली ग्लोबल'ले नेपालको पर्यटन प्रवर्धन गर्न अमेरिका र क्यानडाको सिमाना नायग्रा फल्समा 'नेपाल फेस्टिभल' गर्ने

'हामी नेपाली ग्लोबल'ले नेपालको पर्यटन प्रवर्धन गर्न अमेरिका र क्यानडाको सिमाना नायग्रा फल्समा 'नेपाल फेस्टिभल' गर्ने

सतीश चापागाईं

१४, भाद्र २०७९
images
'हामी नेपाली ग्लोबल'ले नेपालको पर्यटन प्रवर्धन गर्न अमेरिका र क्यानडाको सिमाना नायग्रा फल्समा 'नेपाल फेस्टिभल' गर्ने

न्युयोर्क/अमेरिका

विश्वका प्रवासी नेपालीहरुको संस्था 'हामी नेपाली ग्लोबल'ले नेपालको पर्यटन प्रवर्धन गर्न अमेरिका र क्यानाडाको सिमाना पर्ने नायग्रा फल्समा आगामी २ अक्टोबरमा नेपाल फेस्टिभल आयोजना गर्ने भएको छ ।


नेपालमा विश्वभरका पर्यटक भित्र्याउन पहल गर्ने, नेपालको उत्पादनलाई अन्तर्रराष्ट्रिय बजारमा प्रवर्धन गर्ने तथा थप बजारको सम्भावना खोज्ने लगायतका लक्ष्यहरुसहित नेपाल फेस्टिभल गर्न लागिएको संस्थाका सभापति अमृत लामाले जानकारी दिए।


“संसार भरबाट नायग्रा फल्समा आउने लाखौँ पर्यटकहरुको माझ नेपालको कला संस्कृति प्रवर्धन गर्नका लागि केही राम्रो काम गर्न सकियोस् भन्ने उदेश्यले फेस्टिभल गर्न लागेका हौं ।” सभापति लामाले बताए ।

तयारीका शिलसिलामा अध्यक्ष लामा क्यानडा पुगेर त्यहाँ रहेका लामा गुरुहरुसँग भेटेर फेस्टिभलको बारेमा जानकारी र छलफल गरी २ अक्टोबरमा नेपाल फेस्टिभलका लागि निमन्त्रणा दिएका छन् । उक्त फेस्टिवलमा नेपालका विशेष पर्यटकिय क्षेत्रको फोटो प्रदर्शन तथा नेपालको पर्यटन प्रवर्धनको लागि तयार गरिएको लामो ट्रक पनि उक्त फेस्टिभल पुग्नेछ।

3A66B682-8239-4B17-9039-019872C0BB04.jpeg

त्यसैगरी क्यानाडाका नेपालीहरुसंग पनि कार्यक्रम सफल बनाउनका लागि छलफल भएको आयोजक समितिका एक सदस्य जोन खडगीले बताए । त्यसका लागि नायाग्र फल्समा रहेको 'टेष्ट अफ नेपाल रेष्टुरेण्ट'मा हामी नेपाली ग्लोबलको बैठक समेत बसिसकेको छ ।


उक्त बैठकमा 'डाइरेक्टर अफ विजनेश अमेरिका'का शेषराज खतिवडाले २ अक्टोबरमा हुने नेपाल फेस्टिभलको विषयमा आफ्नो विचार राखे। त्यस्तै, संस्थाका अध्यक्ष लामाले कार्यक्रम सफलताको लागि अमेरिकामा रहेका नेपाली संघ-संस्थासँग सहकार्य गर्ने बताए ।

त्यसैगरी टेष्ट अफ नेपाली रेष्टुरेण्टका संचालक टेक भट्टराईले कार्यक्रमलाई सफल बनाउन सम्भव भएसम्म आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


बैठकमा हामी नेपाली ग्लोबलका प्रवक्ता केशवराम राईले क्यानडामा भएका नेपाली संघ-संस्था र अमेरिकामा संघ-संस्थाका बीचमा सहकार्यका लागि समिति बनाएर हरेक वर्ष नायग्रा फल्समा यस्ता कार्यक्रम गर्दा नेपाल र नेपालीलाई विश्वभर चिनाउन सकिने र नेपालमा पर्यटक भित्र्याउन सहयोग पुग्ने विचार व्यक्त गरे।

A24BFBE4-DF5C-43A9-AD52-5FEFFCBF1134.jpeg


त्यस्तै, हामी नेपाली ग्लोवलका बिजनेश डाइरेक्टर अमेरिकाका शेषराज खतिवडाले सम्भव भएसम्म सबै प्रकारका सहयोग गर्ने जानकारी दिएका थिए। संस्थाका बोर्ड अफ डाइरेक्टर साङ्ग डुप्पा लामाले सबै मिलेर काम गर्दा सहज रुपमा सफलता प्राप्त गर्न सकिने बताए।

उक्त अवसरमा संस्थाका उपाध्यक्ष एवं न्युयोर्क महानगरका मेयर एरिक एडम्सका एशियन अफेयर्स एडभाइजरी काउन्सील मेम्बर तथा कलेज पोइन्ट सिभिक एण्ड ट्याक्स् पेयर्स एसोसियसनका अध्यक्ष नवराज के.सीको पहलमा संकलित हातधुने साबुन र सेनिटाइजर संस्थाका तर्फबाट अध्यक्ष लामाले वितरण गरेका थिए ।


कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नको लागि हामी नेपाली ग्लोबलका न्युयोर्क च्याप्टर अध्यक्ष ध्रुब कुंवरले सबै नेपालीलाई आफ्नो-आफ्नो क्षेत्रबाट सघाउन र कार्यक्रममा सहभागीताको लागि आव्हान गरेका छन् ।

254762FE-4FAB-42D3-B0DB-B289D15051C9.jpeg


फेस्टिभललाई सफलतापुर्वक सम्पन्न गर्नको लागि संस्थाका अध्यक्ष लामासहित नवराज के.सी, केशवराम राई, र शेषराज खतिवडा लगायत दौडधुप गरिरहेका छन्।

images
प्रकाशित मिति :भाद्र १४, २०७९ मंगलवार - १७:४१:२७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend