Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

एनआरएनए अमेरिकाले मेरिल्याण्डमा क्रिकेट टुर्नामेन्ट गर्ने

एनआरएनए अमेरिकाले मेरिल्याण्डमा क्रिकेट टुर्नामेन्ट गर्ने

सतीश चापागाईं

१५, भाद्र २०७९
images
एनआरएनए अमेरिकाले मेरिल्याण्डमा क्रिकेट टुर्नामेन्ट गर्ने

एनआरएनए अमेरिका र साथी बाल्टिमोरले संयुक्त रुपमा 'रुप स्मृती एण्ड साथी कप २०२२ क्रिकेट टुर्नामेण्ट' गर्ने भएको छ । यहि सेप्टेम्बर ३, ४ र ५ तारिखमा उक्त टुर्नामेन्ट गरिन लागिएको हो ।

एनआरएनए अभियन्ता स्वर्गीय रुप कार्कीको सम्मान स्वरुप यो बर्षको टुर्नामेन्ट आयोजना गरिएको एनआरएनए अमेरिकाका अध्यक्ष वुद्धि सागर सुवेदीले जानकारी दिनुभयो । रुप कार्की एनआरएनए अमेरिकाको पूर्ब स्पोर्ट कमिटि चेयर हुनुहुन्थ्यो। उहां भारोत्तोलन खेलको  चर्चित खेलाडी हुनुहुन्थ्यो ।

खेल कै प्रबर्धनका शिलशिलामा नेपाल गएका बेला रुप कार्कीको निधन भएको थियो । 

एनआरएनए अमेरिकाको बार्षिक कार्य योजना अनुरुप यो टुर्नामेन्ट आयोजना गरिएको पनि अध्यक्ष सुवेदीले बताउनु भयो । साथी बाल्टिमोरले गत बर्ष नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काको सम्मान स्वरुप टुर्नामेन्ट गरेको थियो ।

'रुप स्मृती एण्ड साथी कप २०२२ क्रिकेट टुर्नामेण्ट' मा आठ टिम सहभागी हुनेछन । एनआरएनए मेरिल्याण्डका महासचिव तथा साथी बाल्टिमोरका संयोजक प्रविन खड्काले जानकारी दिनुभयो।

मेरिल्याण्डमा हुने उक्त टुर्नामेन्टको तयारीका धेरै काम सकिएको प्रविन खड्काले बताउनु भयो ।

 

 

images
प्रकाशित मिति :भाद्र १५, २०७९ बुधवार - ०२:०१:५९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend