एनआरएनए अमेरिका र साथी बाल्टिमोरले संयुक्त रुपमा 'रुप स्मृती एण्ड साथी कप २०२२ क्रिकेट टुर्नामेण्ट' गर्ने भएको छ । यहि सेप्टेम्बर ३, ४ र ५ तारिखमा उक्त टुर्नामेन्ट गरिन लागिएको हो ।
एनआरएनए अभियन्ता स्वर्गीय रुप कार्कीको सम्मान स्वरुप यो बर्षको टुर्नामेन्ट आयोजना गरिएको एनआरएनए अमेरिकाका अध्यक्ष वुद्धि सागर सुवेदीले जानकारी दिनुभयो । रुप कार्की एनआरएनए अमेरिकाको पूर्ब स्पोर्ट कमिटि चेयर हुनुहुन्थ्यो। उहां भारोत्तोलन खेलको चर्चित खेलाडी हुनुहुन्थ्यो ।
एनआरएनए अमेरिकाको बार्षिक कार्य योजना अनुरुप यो टुर्नामेन्ट आयोजना गरिएको पनि अध्यक्ष सुवेदीले बताउनु भयो । साथी बाल्टिमोरले गत बर्ष नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काको सम्मान स्वरुप टुर्नामेन्ट गरेको थियो ।
'रुप स्मृती एण्ड साथी कप २०२२ क्रिकेट टुर्नामेण्ट' मा आठ टिम सहभागी हुनेछन । एनआरएनए मेरिल्याण्डका महासचिव तथा साथी बाल्टिमोरका संयोजक प्रविन खड्काले जानकारी दिनुभयो।
मेरिल्याण्डमा हुने उक्त टुर्नामेन्टको तयारीका धेरै काम सकिएको प्रविन खड्काले बताउनु भयो ।
अझै पनि हामीलाई स्वयं सेवक र सहयोगीहरु चाहिएको छ । डिसी मेट्रोका साथीभाई र एनआरएनए अभियन्ता र समाजसेवीहरुसंग नियमित छलफल र सम्पर्क भईरहेको साथी बाल्टिमोरका अध्यक्ष रमेश भट्ट 'नेपाली छोरो' ले नेप्लिज डायस्पोरासंगको कुराकानीमा बताउनु भयो ।
खेल कै प्रबर्धनका शिलशिलामा अमेरिकाबाट नेपाल गएका बेला रुप कार्कीको निधन भएको थियो ।