Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

भारतले चामल निर्यातमा लगायो प्रतिवन्ध, विश्वभरी चामलको हाहाकार हुने संकेत

भारतले चामल निर्यातमा लगायो प्रतिवन्ध, विश्वभरी चामलको हाहाकार हुने संकेत

सतीश चापागाईं

२६, भाद्र २०७९
images
भारतले चामल निर्यातमा लगायो प्रतिवन्ध, विश्वभरी चामलको हाहाकार हुने संकेत

यादवराज जोशी

भारतले चामलको निर्यातमा प्रतिवन्ध लगाएको छ । देशमा चामलको उत्पादनमा ६ प्रतिसतले कमी आउनु भन्दै यस्तो प्रतिवन्ध लगाईएको भारत सरकारले जनाएको छ । भारतले विश्वका एकसय ५० भन्दा बढी देशमा चामल निर्यात गर्छ ।

भारतले २०२१ मा उत्पादन भएको चामल २१.५ मिलियन टन निर्यात गरिसकेको छ । भारत विश्वको दोस्रो ठूलो चामल उत्पादक हो भने पहिलो ठूलो निर्यातकर्ता हो । विश्व बजारमा चामल व्यापारमा भारतको हिस्सा ४० प्रतिसत छ । भारतपछिका प्रमुख निर्यातक थाईल्याण्ड, भियतनाम, पाकिस्तान र अमेरिकाले गर्ने बढी चामलको निर्यात भारतले गर्ने गर्छ । चिन सबैभन्दा ठूलो चामल उत्पादन हो ।

भारतले निर्यातमा प्रतिवन्ध लगाएपछि विश्व बजारमा चामलको मूल्य अप्रत्यासितस्पमा बढनेछ र अभाव हुने देखिएको छ । युक्रेन युद्धले गहुको निर्यातमा अवरोध आईरहेको बेला दोस्रो खाद्यान्न पनि सबैभन्दा ठूलो निर्यातकले प्रतिवन्ध लगाउदा स्थ्तिी भयावह हुने अनुमान गरिएको छ ।

यसअघि भारतले चामलको निर्यातमा २० प्रतिसत कर लगाएको थियो । त्यसको प्रभाव विश्वभरी चामलको मूल्यमा परेको थियो । अब निर्यात नै बन्द गरेपछिको अवस्था भयावह हुने अनुमान गरिएको छ । गहुपछि चामल विश्वमा सबैभन्दा बढी उपभोग हुने खाद्यान्न हो ।

भारतले सन् २००७ मा चामलको निर्यातमा प्रतिवन्ध लगाउदा चामलको मूल्यले विश्व रेकर्ड बनाएको थियो । भारतले एशिया र अफ्रिकाका गरिव देशमा अनुदान सहितको चामल पनि निर्यात गर्ने गर्दथ्यो । निर्यात प्रतिवन्धको सिधा असर ति देशमा पर्नेछ ।

भारतले यसै साल मई १४ मा गहुको निर्यातमा पूर्ण प्रतिवन्ध लगाएको थियो भने जून १५ मा चिनीको निर्यातमा पूर्ण प्रतिवन्ध लगाएको थियो ।

चामलको निर्यातमा भने वर्गिकरण गरेर प्रतिवन्ध छ । धनीले उपभोग गर्ने लड.ग्रेन बासमति चामलमा प्रतिवन्ध छैन तर निर्यात कर २० प्रतिसत यथावत छ । तर, भारतबाट बढी निर्यात हुने उसिनेको (ब्वाईल्ड) र आधा असिनेको (पाराब्वाईल्ड) चामल साथै अन्य सबैप्रकारका चामलमा प्रतिवन्ध लगाईएको छ ।

प्रतिवन्ध लगाउनु अगाडि निर्यात अर्डर लिएकाले सेप्टेम्बर १५ सम्ममा निर्यात गरी सक्नु पर्नेछ । भारतमा चामलको उत्पादन कम हुने भएकोले भारतबाट हुने चामलको निर्यात सन् २०२३ मा समेत प्रभावित हुनेछ ।

भारतले गत साता चामलको निर्यातमा २० प्रतिसत कर लगाएपछि अमेरिकी खुद्रा बजारमा बासमति चामलको मूल्यमा तत्काल वृद्धि देखिएको थियो ।

images
प्रकाशित मिति :भाद्र २६, २०७९ आइतवार - १९:४५:३९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend