Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

युनाईटेड शेर्पा एसोसिएशन र शेर्पा किदुकको अमेरिकाको न्यूयोर्कमा खेलकुद प्रतियोगिता

युनाईटेड शेर्पा एसोसिएशन र शेर्पा किदुकको अमेरिकाको न्यूयोर्कमा खेलकुद प्रतियोगिता

सतीश चापागाईं

२९, भाद्र २०७९
images
युनाईटेड शेर्पा एसोसिएशन र शेर्पा किदुकको  अमेरिकाको न्यूयोर्कमा खेलकुद प्रतियोगिता

युनाईटेड शेर्पा एसोसिएशन (यु. एस. ए.) ईंक /शेर्पा किदुक अमेरिका न्यूयोर्कको बार्षिक गृष्माकालीन खेलकुद प्रतियोगिता शुरू गरेको पनि २६ बर्ष भै सकेको सहर्ष सबैमा जानकारी गराउन पाउनु हाम्रो लागि ठुलो गर्वको बिषय भएको छ ।बर्ष गन्तिले २६ औं बर्ष भएता पनि COVUD-19 को कारण सन् २०२० मा यो बार्षिक प्रतियोगिता हुन सकेन । त्यस पछि सन् २०२१ मा आएर बल्ल २४ औं बार्षिक गृष्माकालीन खेलकुद प्रतियोगिता आयोजना गर्ने अवसर हालको कार्यसमितिले पायो ।


हालको यस कार्य समितिलाई पनि २५ अंकले पनि पछ्याएको पछ्याकै गर्नु नि लेखेरै ल्याए जस्तो देखिन्छ ।यस कार्य समितिलाई नै युनाईटेड शेर्पा एसोसिएशन (यु. एस. ए.) ईंक / शेर्पा किदुक अमेरिका न्यूयोर्कको आफ्नो स्थापनाको २५ औं बर्षगॉंठ (Silver Jubilee) मनाउन पाउनु र त्यस्तै गरि २५ औं बार्षिक गृष्माकालीन खेलकुद प्रतियोगिता आयोजना गर्ने अवसर पाउनुलाई एउटा ठुलो र गर्विलो अवसरको रूपमा लिएका छौं ।


यस बर्ष २५औ बार्षिक गृष्माकालीन खेलकुद प्रतियोगिता १३ वटा अन्तर राज्यका (Inter State) टीमहरू बीच शुक्रबार अगष्ट २६ सन् २०२२ देखि खुल्ला फुटबल प्रतियोगिताबाट शुरू भै सो खेलको फाईनल खेल अगष्ट २९ तारिखको दिन न्यूयोर्क को रेन्डल्स आईल्याण्डमा सम्पन्न भएकोमा तामाङ एफ. सी. ले प्रथम स्थान हॉंसिल गरि यस बर्षको ट्रफी र नगद ५५५५.०० डलर (पॉंच हजार पॉंच स पच्पन्न डलर) पुरुष्कार हात पार्न सफल भयो ।त्यस्तै बाल्टीमोर एफ. सी. ले रनर अप ट्रफी र नगद ३३३३.०० डलर ( तीन हजार तीन यस तेत्तीस डलर हात पर्नु भयो ।

979613F0-1A6D-4353-81FD-8A31C0C8D665.jpeg

त्यस्तै गरि सधै झै लेभर डे वीक ईण्डको मौका छोपेर युनाईटेड शेर्पा एसोसिएशन (यु. एस. ए.) ईंक /शेर्पा किदुक अमेरिका न्यूयोर्कको २५ औं बार्षिक गृष्माकालीन खेलकुद प्रतियोगिताको शनिबार सेप्टेम्बर ३ तारिख र आईतबार ४ तारिखका दिन बॉंकी रहेका शेर्पा क्षोक्पाहरू बीच को भलीबल खेल, अन्तर राज्य (Inter State) भलीबल , ३५+ को फुटबल, सट फुट/ छेलो हान्ने, डोरी तान्ने , पटलक समेतको आयोजना गरि समापन गरियो । न्यू योर्क स्थित नेपाली महॉंबाणिज्य दुत श्री गणेश प्रसाद गौतम ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न समापन तथा पुरूष्कार वितरण कार्यक्रममा अन्य अतिथिमा उक्त २५ औं बार्षिक गृष्माकालीन खेलकुद प्रतियोगिताका प्रयोजकहरू, न्यू योर्क का नेपाली संघ संस्थाका पदाधिकारीहरू, न्यू योर्क स्थित शेर्पाहरूका क्षोक्पा/ समाज तथा संघ संस्थाका पदाधिकारीहरू, शेर्पा किदुग अमेरिकाका पूर्व पदाधिकारीहरू हुनु हुन्थ्यो ।

25BAFDBA-E60A-4BC0-B6DE-2261E1EFD1E0.jpeg
पुरूष्कार तथा पदकहरू प्रमुख अतिथि , अन्य अतिथिहरू, शेर्पा किदुगको बोर्ड अफ ट्रष्टीका सदस्यहरू , शेर्पा किदुगका वर्तमान बोर्ड (कार्यसमितिका सदस्यहरू) का सदस्यहरू, शेर्पा किदुगको खेलकुद समितिका सदस्य तथा प्रशिक्षकहरू सबैले मिलेर बितरण गरेका थिए ।

मूलत हालको कार्य समिति (बोर्ड) ले मात्रै होईन हालसम्मका सबै कार्य समिति र युनाईटेड शेर्पा एसोसिएशन (यु. एस. ए.) ईंक /शेर्पा किदुक अमेरिका न्यूयोर्कको सबै तप्काका सदस्यहरू यस संस्थाको परिकल्पना गरि स्थापना गर्नू हुने देखि यस संस्थालाई हालको उचाईमा पुय्राउनु हुने सम्पूर्ण अग्रजहरू प्रति सधै श्रृणि भएकाछौं । वहॉंहरूकै कष्टकार मिहिनेत, निस्वार्थता, लगनशीलता,परिश्रम र आशिर्वाद विना हाल को कार्य समिति ले प्राप्त गरेको यो अवसर असंभव नै थियो । अतः हाम्रा अग्रजहरू सम्पूर्ण हाम्रा लागि पूजनिय भै युनाईटेड शेर्पा एसोसिएशन (यु. एस. ए.) ईंक /शेर्पा किदुक अमेरिका न्यूयोर्कको ईतिहॉंसमा वहॉंहरू सबैको नाम शेर्पा किदुग अमेरिका न्यूयोर्क रहुन्जेल सुनौलो अक्षरले कुंदिएर रहने छ।वहॉंहरू लाई नमन र कृतज्ञता सदालाई ।

150CBEBA-D479-4BDE-A9AE-2092671EB13E.jpeg

शुक्रबार अगष्ट २६ तारिख सन् २०२२ देखि शुरू भै आईतबार सेप्टेम्बर ४ तारिख सन् २०२२ मा सम्पन्न २५ औं बार्षिक गृष्माकालीन खेलकुद प्रतियोगितालाई भब्य र सभ्यका साथ सम्पन्न गराउन सयोग गर्नु हुने प्रायोजकहरू (Sponcers), सम्पूर्ण स्वयंसेवकज्यूहरू, खेलकुद कार्यक्रमको उद्धघाटनमा मंगलपाठ मा सरिक बोर्डका धार्मिक क्रियकलाप संयोजक आङ बाबु लामा ज्यू, बिभिन्न शेर्पा क्षोक्पा तथा संघ-संस्थाहरू, खेलकुदका बिभिन्न बिधाका रेफ्री ज्यूहरू , खेलकुदमा भाग लिनु भएका सम्पूर्ण अन्तर क्षोक्पा र अन्तर राज्य (Inter state) का खेलाडीज्यूहरू तथा मेनेजर ज्यूहरू, पटलगका सहभागी ज्यूहरू, आफ्नो कार्यव्यस्तताको वाभजुद पनि हाम्रो निम्तोलाई स्वीकारेर हाम्रो यस २५ औं बार्षिक गृष्माकालीन खेलकुद प्रतियोगिताको समापनमा पाल्नु भएका प्रमुख उथिकि न्यूयोर्क स्थित नेपाली बानिज्य दूत श्री गणेश प्रसाद गौतम ज्यू , बिभिन्न नेपली संघ संस्थाका अध्यक्ष ज्यहरू तथा प्रतिनिधि ज्यूहरू, पत्रकार ज्यूहरू, अभिभावक ज्यूहरू, शेर्पा किदुग अमेपिका न्यूयोर्कका सल्लहाकार ज्यूहरू, संरक्षक समिकिका संयोजक लगायत सम्पूर्ण सदस्य ज्यूहरू,कार्य समितिका सदस्यहरूका परिवारका सदस्य ज्यूहरू लगायत सम्पूर्ण आदरणिय दर्शकवृन्द र हितैशि सम्पूर्णमा युनाईटेड शेर्पा एसोसिएशन (यु. एस. ए.) ईंक. / शेर्पा किदुक अमेरिका न्यूयोर्क हार्दिक नमन् गर्दै हार्दिक कृतज्ञता ब्यक्त गर्दछौं !

यहॉंहरू सम्पूर्णको साथ र सहयोग बिना हाम्रो यस कार्यक्रमको सफलता संभव थिएन ।यहॉंहरू सबैलाई मुरी मुरी धन्यबाद ,थुचिछे ।
भवतु सब्ब मंगलम् !!!

युनाईटेड शेर्पा एसोसिएशन (यु. एस. ए.) ईंक / शेर्पा किदुक अमेरिका न्यूयोर्क

 

07E152BA-B56F-46F9-B928-64233CDDB78F.jpeg

Sherpa Kyidug heartily thanks all the teams for participating in our 25th annual Sports.
We want to congratulate following winner teams.
1. Volleyball Inter-Tsokpa ( 6 Teams:- 1-Dolakha Samaj, 2 - Garma Sherwi Tsokpa,3 - GTKT, 4 - Ramachhap sherpa Samaj, 5 - Sangkhuvwsabha Samaj, 6 -
A. Runner up :-
Garma Sherwi Tsokpa (Garma Sherpa Samaj)
B. Winner:
Dolakha Samaj
2. Soccer 35+:-(
A. Runner up:
Rashness
B. Winner:
Gyalsumdo
3. Interstate Volleyball ( 12 Teams:- 1 -Sindhu Buddh, 2- Colorful Colorado, 3- Ridgewood Nepalease Society, 4- NYC,5- NYGSC, 6- Myagdi Samaj USA, 7- NRNA Maryland, 8-Dolakha Samaj (A), 9- Nepstar if DFW Texas, 10- Sherpa Kyidug America New York, 11- Tamang Sports Club, 12- Baglung Samaj ).
A. Runner up:
Sindhu Buddha
B. Winner:
Ridge wood Nepalese Society.
4. Tag of war:- Winner -
5. Shot foot :- Winner -

images
प्रकाशित मिति :भाद्र २९, २०७९ बुधवार - २०:३८:१८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend