Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

भवन खरीदमा सहयोग गर्न एनआरएनए अमेरिकाका अध्यक्ष वुद्धि सुवेदीको अपिल

भवन खरीदमा सहयोग गर्न एनआरएनए अमेरिकाका अध्यक्ष वुद्धि सुवेदीको अपिल

सतीश चापागाईं

३०, भाद्र २०७९
images
भवन खरीदमा सहयोग गर्न एनआरएनए अमेरिकाका अध्यक्ष वुद्धि सुवेदीको अपिल

भवन खरीदमा सहयोग गर्न एनआरएनए अमेरिकाका अध्यक्ष वुद्धि सुवेदीको अपिल गर्नु भएको छ । 

"गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका(एनसिसि) को कार्यालय आफ्नै भवनमा राख्ने सपना पुरा हुन लागेको छ ।" भन्दै अध्यक्ष सुवेदीले यस कार्यमा सहभागी हुन सबैलाई सार्बजनिक अपिल गर्नु भएको हो । 

अध्यक्ष सुवेदीले आफ्नो फेसबुक मार्फत गर्नुभएको अपिल यस्तो छ ।

हार्दिक अपिल !!!
तपाईं हाम्रो लामो प्रयास पस्चात गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका(एनसिसि) को कार्यालय आफ्नै भवनमा राख्ने सपना पुरा हुन लागेको छ । सपनालाई सार्थकतामा दिनको लागि एनसिसि अमेरिकाले 10520 Warwick Ave, Ste B6, Fairfax, VA 22030 मा भवन खरिद गर्न लागेको जानकारी गराउन पाउँदा हर्षित छु। अहिले भवन खरिद प्रक्रिया सुरु भैसकेको र यसलाई अक्टोबर ४, २०२२ भित्रमा सम्पन्न गरिसक्नु पर्नेछ। संस्थाको भवन खरिदमा सम्पूर्ण गैर आवासीय नेपालीहरूलाई सहभागी गराउने उद्देश्य एनसीसीले राखेको छ। तपाईँ हाम्रो आफ्नो घरको रूपमा रहने यस भवन खरिदमा आफू सक्दो सहयोग पुर्‍याउनु हुन् सम्पूर्ण गैर आवासीय नेपालीहरूलाई हार्दिक अनुरोध गर्दछु l सहयोग रकम तल उल्लेख गरिएको बैकमा जम्मा गर्न सकिनेछ।

Bank Name:- Wells Fargo
Routing Number:- 5623718383
Account Number:- 031100869
रकम जम्मा गर्नको लागि थप जानकारीको आवश्यकता परेमा कोषाध्यक्ष राजीव श्रेष्ठलाई 619-750-6404 मा वा आर्थिक संयोजक कृष्ण जीवी पन्तलाई 443-433-2073 मा सम्पर्क गर्न सक्नुहुनेछ। भवन खरिदको विषयमा थप जानकारी चाहिएमा स्वय मलाई 920-809-1210 मा सम्पर्क गर्न सक्नुहुनेछ।

बुद्धि सागर सुवेदी
अध्यक्ष तथा भवन खरिद संयोजक
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद, अमेरिका
मिति सेप्टेम्बर ११,२०२२

images
प्रकाशित मिति :भाद्र ३०, २०७९ बिहिवार - ०६:०२:५३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend