अमेरिकाको भर्जिनियामा 'दशै मेला' आयोजना हुदैछ । दशैको लागि चाहिने विविध सामानहरुको किन्न पाईने हुदा यस क्षेत्रका धेरै नेपालीहरु खुशी छन । उनीहरु मेलामा जान उत्साही पनि रहेको आयोजक थ्री ईन्टरटेन्मेन्टका एक सदस्य तथा टाईटल स्पोन्सर ओनेष्ट रियल्टरका सुरेश सापकोटाले बताए ।
"हामीले दशैंका लागि चाहिने सबै सामानहरु त्यहां किन्न पाईयोस भन्ने उद्देश्य सहित धेरै व्यापारीहरुलाई आमन्त्रण गरेका छौं ।" आयोजक आशिष संग्रौलाले जानकारी दिए ।
"दशैंका लागि आवश्यक सुनदेखि नुनसम्म पाईनेछ ।" आशिषले भने ।
"यो मेलामा बालबालिकाले विभिन्न खेलहरु मार्फत रमाईलो गर्नेछन । जुन फ्रिमा हुनेछ ।"
अमेरिकाको भर्जिनियामा सक्रिय थ्री ईन्टरटेन्मेन्टले 'दशैं तिहार मेला' को आयोजना गरेको हो ।
भर्जिनियास्थित सेन्टरभिलको 'बुल रन पार्क'मा राखिएको मेला दशैंभन्दा केहिदिन अगाडी शुरु हुनेछ । कार्यक्रमको मुख्य प्रायोजक ओनेष्ट रियल स्टेट रहेको छ ।
"बालबच्चाको लागि चंगा उडाउनेदेखि फेस पेन्टिगंसम्म राखिएको छ । दशै र तिहारका लागि आवश्यक पूजा सामग्रीहरु, लत्ता कपडा र नेपाली खानपिनको व्यबस्था छ ।" थ्री ईन्टरटेन्मेन्टका आशिष संग्रौलाले नेप्लिज डायस्पोरासंगको कुराकानीमा बताए ।
कार्यक्रममा नेपाली वस्तु र सेवाको प्रचार प्रसार गर्न र बिक्री गर्नका लागि व्यवसायीहरु आउनु भएको र अझै आउने क्रम रहेको आयोजकका तर्फबाट सुबोध रेग्मीले जानकारी दिए ।
बालबच्चा, यूवा र पाका मानिसहरुले पनि रमाईलो पनि गर्न सक्ने गरी कार्यक्रमको आयोजना गरिएकोले यस क्षेत्रका सबै नेपालीहरुलाई उपस्थित भईदिनु हुन थ्री ईन्टरटेन्मेन्टकी राजश्री श्रेष्ठले अनुरोध गरिन ।