Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

एनआरएनए अमेरिकाका २९ च्याप्टर अध्यक्षहरुले भवन खरीदमा सहयोग गर्न सार्बजनिक अपिल गरे

एनआरएनए अमेरिकाका २९ च्याप्टर अध्यक्षहरुले भवन खरीदमा सहयोग गर्न सार्बजनिक अपिल गरे

सतीश चापागाईं

९, आश्विन २०७९
images
एनआरएनए अमेरिकाका २९ च्याप्टर अध्यक्षहरुले भवन खरीदमा सहयोग गर्न सार्बजनिक अपिल गरे

एनआरएनए अमेरिकाका २९ च्याप्टर अध्यक्षहरुले भवन खरीदमा सहयोग गर्न सार्बजनिक अपिल गरेका छन् । 

अध्यक्षहरुको एनसीसी अमेरिकासंग पटक पटक भर्चुअल मिटिगं भएको पनि बुझिएको छ । 

"हाम्रो आफ्नै भवन हुनु आफैमा गर्वको कुरा हो । यसमा सबैको साथ र समर्थन चाहन्छौं ।" मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुलीले भने ।

"हामी उत्साहि छौं । सबै च्याप्टरका साथीहरुले सकेको सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरेका छौं ।" भर्जिनिया च्याप्टरका अध्यक्ष सुबोध रेग्मीले प्रतिबद्धता व्यक्त गरे । 

एनसीसी अमेरिकाका २९ च्याप्टर अध्यक्षहरुले भवन खरीद गर्नका लागि सबैसंग आर्थिक सहयोगको लागि अनुरोध गरेको एक विज्ञप्ति नेप्लिज डायस्पोरालाई प्राप्त भएको छ । 

भर्जिनिया च्याप्टरका अध्यक्ष सुबोध रेग्मीले उपलब्ध गराएको विज्ञप्ति यसप्रकार छ :

सहयोगको लागि हार्दिक अनुरोध!!

तपाईं हाम्रो लामो प्रयास पश्चात गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, अमेरिकाले आफ्नै कार्यालय भवन खरिद गर्ने प्रतिबदत्ता पूरा हुन लागेको व्यहोरा सहर्ष अबगत गराउन चाहन्छौ।

यस पुनित कार्यलाई मूर्तरुप दिनको लागि एनसिसि अमेरिकाले 10520 Warwick Ave, Ste B6, Fairfax, VA 22030 मा भवन खरिद प्रक्रिया सुरु भई सकेकोले हामी हर्षित छौ। अहिले यो प्रक्रिया सुरु भई, बिभिन्न दाताहरुबाट सहयोग प्राप्त भईरहेको पनि जानकारी गराउन चाहन्छौ।


यस ऐतिहासिक कार्यलाई अक्टोबर ४, २०२२ भित्रमा सम्पन्न गरिसक्नु पर्ने भएकोले उक्त मिति भित्र सहयोग गरिदिन हुन सम्पूर्ण बुवा आमा दाजु-भाई, दिदी-बहिनीहरुमा हामी सम्पूर्ण च्याप्टर अध्यक्षहरु हार्दिक अपील गर्न चाहन्छौ। यहाँहरुको अमूल्य सहयोगको लागि हार्दिक आभार पनि ब्यक्त गर्दछौ ।

सहयोगको लागी तल उल्लेखित Bank, Paypal वा Zelle प्रयोग गर्न सक्नु हुनेछ।

Bank Name:- Wells Fargo
Routing Number:- 5623718383
Account Number:- 031100869

PayPal
https://www.paypal.com/donate/?hosted_button_id=MYE282YS6X6Y6

Zelle
[email protected]

थप जानकारीको लागि तल उल्लेखित ब्यक्तिहरुलाई सम्पर्क गर्न सक्नहुन्छ।

अध्यक्ष :- बुध्दिसागर सुवेदी
(920-809-1210)

आर्थिक संयोजक/ वरिष्ठ उपाध्यक्ष
कृष्णजीवी पन्थ
(443-433-2073)

कोषाध्यक्षः- राजीव श्रेष्ठ
(619-750-6404)


च्याप्टर अध्यक्षहरू
राष्ट्रिय समन्वय परिषद, अमेरिका

१-आंग छिरीङ शेर्पा – न्युयोर्क,
२-वल राई – नेभाडा,
३-बासुदेव भट्ट – नर्थ क्यारोलाईना,
४-बिकाश देवकोटा – फ्लोरिडा,
५-बिमल अधिकारी – नेब्रास्का,
६-विबेक झा – मिनेसोटा,
७-दिलिप कुमार बानिया – जोर्जिया,
८-दिपक थापा – विस्कोंसिन,
९-एकदेव शर्मा – क्यालिफोर्निया,
१०-डा. गंगा आचार्य – न्यु मेक्सिको,
११-इन्द्र कान्त चौधरी – इलिनोइस,
१२-ज्योति बराल – आईवा,
१३-सन्तोष काजी थापा – टेनिसी,
१४-कमल ढुंगाना – न्यु ह्याम्पसाएर,
१५-केशब राज लोहनी – केन्टकी,
१६-खेम राज खतिवडा – इन्डियाना,
१७-सोफिन थापा – टेक्सास,
१८-मोहन न्यौपाने – ओहायो,
१९-मुना तिवारी – कनेक्टिकट,
२०-फिलीप केसी – क्यान्सास,
२१-प्रेम तामांग – म्यासाचुसेट्स,
२२-राजु पराजुली – मेरील्याण्ड,
२३-रामचन्द्र पन्त – कोलोराडो,
२४-सुभाष बैठा- पेन्सलभेनिया,
२५-सुबोध रेग्मी – भर्जिनिया,
२६-सुर्य मोहन तिवारी – न्युजर्सी,
२७-टंक दाहाल – वासिङ्टन,
२८-तुल्सी शिवाकोटी – मिशिगन,
२९-लक्ष्मण दर्लामी – ओरेगन

images
प्रकाशित मिति :आश्विन ९, २०७९ आइतवार - १७:५२:०१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend