Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

युवराज भण्डारी र राजेश थापाको सहकार्यमा ‘तिम्रो आँखामा’ बजारमा (भिडियो सहित)

युवराज भण्डारी र राजेश थापाको सहकार्यमा ‘तिम्रो आँखामा’ बजारमा (भिडियो सहित)

सतीश चापागाईं

१०, आश्विन २०७९
images
युवराज भण्डारी र राजेश थापाको सहकार्यमा ‘तिम्रो आँखामा’ बजारमा (भिडियो सहित)

युवराज भण्डारीको गीतमा प्रविण बेडवाल तथा रचना रिमालको स्वर
गीतकार युवराज भण्डारीको शब्द रचनामा एउटा सुमधुर प्रेम गीत सार्वजनिक भएको छ । गायक प्रविण बेडवाल तथा गायिका रचना रिमालको स्वर रहेको ‘तिम्रो आँखामा’ बोलको युगल गीतलाई राजेश थापाले संगीतबद्ध गरेका छन् । फणीन्द्र राई यो गीतका सङ्गीत संयोजक हुन् ।

काठमाडौंको ए–वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन् भने ध्वनि सम्पादन किशोर थापाले गरेका छन् । वाई बी कृयसनले सार्वजनिक गरेको यस गीतको भिडियोमा गायक, गायिका तथा वाद्यवादकहरूको अभिनय देख्न सकिन्छ । बिनोद बमको निर्देशन तथा सम्पादन रहेको भिडियो केशव अधिकारीले छायाङ्कन गरेका हुन् ।

प्रवासमा रहेर पनि सुगम सङ्गीतमा र नेपाली साहित्यमा अनवरत रूपले सक्रिय डुम्रीबेँसी, तनहुँ निवासी युवराज भण्डारी हाल क्यानडा छन् । भण्डारीको एक गीति कविता सङ्ग्रह प्रकाशित छ भने उनको शब्द तथा सङ्गीतमा केही गीतहरू रेकर्ड भइसकेका छन् । पेशाले इन्जिनियर भण्डारी प्रवासमा साहित्यिक र सामाजिक अभियानमा सक्रिय छन् ।

तिम्रो आँखामा’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

images
प्रकाशित मिति :आश्विन १०, २०७९ सोमवार - ०८:१५:१८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend