Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

मेरिल्याण्डका दुई हलमा एक हप्तासम्म चलचित्र महापुरुष प्रदर्शन हुने

मेरिल्याण्डका दुई हलमा एक हप्तासम्म चलचित्र महापुरुष प्रदर्शन हुने

सतीश चापागाईं

१८, कार्तिक २०७९
images
मेरिल्याण्डका दुई हलमा एक हप्तासम्म चलचित्र महापुरुष प्रदर्शन हुने

नेपाली चलचित्र 'महापुरुष' मेरिल्याण्डको बाल्टिमोरका दुई वटा हलमा एक हप्तासम्म प्रदर्शन हुने भएको छ । नोभेम्बर ४ देखि ९ तारिखसम्म लाग्ने चलचित्रको व्यबस्थापकीय जिम्मा लमजुगं सेवा समाजले लिएको छ । स्थानीय होराईजन हलहरुमा यो चलचित्र चारदिनसम्म प्रदर्शन हुनेछ ।

"हरेक दिन एक शो लाग्ने गरी व्यवस्था मिलाएका छौं । एक हप्तासम्म प्रदर्शन हुनेहुदा यहांका सबैजनाले चलचित्र हेर्न पाउनु हुनेछ ।" लमजुगं सेवा समाज अमेरिकाका अध्यक्ष गणेश अधिकारीले नेप्लिज डायस्पोरासंग भने ।

मह जोडीको अभिनय रहेको यो चलचित्र अहिले नेपालमा पनि प्रदर्शन भईरहेको छ । 

धेरैले टिकटका लागि सम्पर्क गरिरहनु भएको छ । लमजुगं सेवा समाज अमेरिकाका उपाध्यक्ष राजेन्द्र थापाले जानकारी दिए । 

यो चलचित्र अत्यन्त राम्रो रहेको भनेर चलचित्र हेरेर फर्किएका नेपालका दर्शकहरुले प्रतिक्रिया दिईरहेका छन । नेपालमा यो चलचित्रको रिभ्यु अति राम्रो छ । चलचित्रले एक हप्तामा २० करोडको व्यापार गरिसकेको बताईएको छ ।

चलचित्र हेर्न सपरिवार हलमा जान सकिने पनि सबैको प्रतिक्रिया छ । 

 

images
प्रकाशित मिति :कार्तिक १८, २०७९ शुक्रवार - २२:५६:४० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend