Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

मेरिल्याण्डका दुबै हलमा ‘महापुरुष’ को टिकट ‘सोल्ड आउट’

मेरिल्याण्डका दुबै हलमा ‘महापुरुष’ को टिकट ‘सोल्ड आउट’

सतीश चापागाईं

२१, कार्तिक २०७९
images
मेरिल्याण्डका दुबै हलमा ‘महापुरुष’ को टिकट ‘सोल्ड आउट’

आईतबार मेरिल्याण्डका दुई हलमा महापुरुष हेर्ने दर्शकको घुईचो थियो । होराईजन सिनेमाका दुई हलले यो चलचित्रको टिकट सोल्ड आउट भएको साईन नै राख्नु पर्यो । 

8FAB4EC0-2A66-48A4-B91A-BF0733F75946.jpeg

मेरिल्याण्डमा लमजुगं सेवा समाज अमेरिकाले चलचित्र प्रदर्शनको जिम्मा लिएको छ ।

नोभेम्बर ४ देखि मेरिल्याण्डका दुई हलमा चलचित्र महापुरुष चलिरहेको छ । अरुदिन हाउस फुल भएको थिएन तर आईतबार  धेरै दर्शक आएका थिए ।

"हामीले थेग्नै सकेनौ । केही दर्शकहरु अरु दिन हेर्न आउछौं भन्दै फर्किनु भयो ।" समाजका उपाध्यक्ष राजेन्द्र थापाले नेप्लिज डायस्पोरासंग भने ।

नोभेम्बर ९ तारिख बिहिबारसम्म चलचित्र दुबै हलमा लाग्ने छ । अहिलेसम्म सबै खुशी भएर फर्केका कारण बांकी तीन दिन चलचित्रका दर्शक बढ्ने आशा आयोजकलाई छ । 

मेरिल्याण्डका दुई हलमा एउटै नेपाली चलचित्र एक हप्तासम्म प्रदर्शन भएको यो पहिलो पटक हो । सम्भवत: अमेरिका मै पहिलो हुनुपर्छ ।

images
प्रकाशित मिति :कार्तिक २१, २०७९ सोमवार - २१:४५:०४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend