Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

सामाजिक संजाल चलाउनेहरुले बुझ्नैपर्ने कुराहरु -राजेन्द्र अर्याल

सामाजिक संजाल चलाउनेहरुले बुझ्नैपर्ने कुराहरु -राजेन्द्र अर्याल

सतीश चापागाईं

६, फाल्गुण २०७९
images
सामाजिक संजाल चलाउनेहरुले बुझ्नैपर्ने कुराहरु -राजेन्द्र अर्याल

एकदमै साधारण कुराहरुमा ध्यान नदिएकोले धेरै ठुला ठुला क्षति भएको देखेर यो पोस्ट लेखेको हुँ।

👉️ आफ्नो email address, फेसबुक, YouTube Channel, TikTok जस्ता सामाजिक सन्जालमा प्रयोग भएकामोबाईल नम्बर Recovery email address आफुसँग भए नभएको यकिन गर्नुहोस, आफुसँग छैन भने समयमैRecovery Mobile Number & email Address आफ्नो पहुँचमा भएको नै Update गर्नुहोस।

👉️ जो सुकैलाई फेसबुक या सामाजिक सन्जालहरुमा Accept गर्ने, भिडियो कलमा छाडा कुराकानीहरु गर्ने जस्ता कार्यनगर्नुहोस, उताबाट बोल्ने व्यक्तिले भिडियो रेकर्ड गरेर तपाइँको नजिकको मान्छेहरुलाई यति पैसा नदिए पठाईदिन्छु भनिBlackmail गरेर धेरै तनाव बढेका घटना बढेका छन, सजक रहन अनुरोध गर्दछु।

👉️ यदि Android प्रयोग गर्नुहुन्छ भन्ने Google सँग सम्बन्धित (जस्तै Contacts, Photos, Maps, Location) हरेक कुरा Automatic आफ्नो email मा Synchronize भईरहेका हुन्छन, हामीले खिचेका हरेक फोटो Backup हुन्छन

👉️ हामीले खिचेका फोटोहरु Google Photos मा Backup भएका हुन्छन, तपाइँले Gallery बाट Delete गरिसकेपनि पनि Photos मा Save भएर बसेका हुन्छन, धेरै जनाको अन्तरङ्ग तस्विरहरु यसरी भेटिएर धेरै समस्यापरेको पनि छन, सावधान रहनु हरुरी छ।

👉️ पेज वा YouTube हरुमा धेरै धेरै पैसा दिन्छु भनेर आउने अधिकाँश email वा WhatsApp Message हरुScammer हरुले पठाएका हुन्छन, विश्वाश गरेर रिप्लाई गरी उनीहरुको कुरा मान्दा YouTube Channel, Page, Instagram हरु         ह्याक हुन्छन।

👉️ कुनै पनि प्रकारको OTP (One Time Password) हरु कसैलाई पनि शेयर नगर्नुहोला, OTP भनेको One Time Password हो, OTP दिएपछी त्यो Misuse भयो भने सबै कुरा Loss हुन सक्छ।

👉️ नचिनेका नम्बरबाट आउने कुनै पनि Lottery जितेको, चिट्ठा परेको जस्ता कुरा नपत्याउनुहोस।

👉️ Instagram Verify गर्दिन्छु भनेर Setting मै Hacker ले आफ्नो e-mail address राख्न लगाऊने गरेरInstagram hack गरेको सम्म देखिएको , कुनैपनि Account Verify गर्न त्यस्तो प्रक्रिया गर्नुपर्दैन, सम्बन्धितWebsite को Help Center मा सम्पुर्ण विवरण सजिलो गरी राखीदिएको हुन्छ, हेरेर गर्न सक्नुहुन्छ।

👉️ आफुले प्रयोग गर्ने Computer हरुमा Internet Security सहितको Antivirus प्रयोग गर्नुहोस्, Pirated Software प्रयोग नगर्नुहोस।

👉️ YouTube Channel प्रयोग गर्दा Channel को Channel Owner ID (Main Username Password) एकदमै महत्वपूर्ण काममा मात्र प्रयोग गर्ने, कुनै पनि Computer मा पनि Save नगर्ने, साधारण काम (Upload लगायत) का गर्न Manager User बनाएर प्रयोग गर्ने गर्नुहोस।

 

👉️ उस्तै देखिने Website Design गरी Username Password हाल्न लगाई सामाजिक सन्जाल, Online Banking हरु Hack गरिरहेको हुन्छन, कुनैपनि साथी, आफन्तबाट आउने Voting को Link Check गर्नुहोस, उस्तैDomain Name Use गरी उस्तै देखिने Website बनाई Username Password चोरी गर्न सक्ने अवस्था रहन्छ।

👉️ आजकल साथी भाईहरुको पहिलेनै फेसबुक ह्याक गरी लाईसेन्सको फर्म भर्न खोजेको, मेरोमा कोड आएन तपाइँकोनम्बर प्रयोग गरें कोड दिनुस भन्ने खाले अथवा अन्य बहाना गरी म्यासेज पठाई OTP कोड लिएर फेसबुक ह्याक गरी               Messenger मा अनाधिकृत पहुँच पुर्याई, मलाई समस्या पर्यो भनि KYC Verified नभएको वा Hack गरेकोeSewa प्रयोग गरी eSewa मा पैसा माग्ने वा गोप्य Chat वा अन्य कुराहरु बाहिर ल्याईदिन्छु भनि धम्की दिने क्रमएकदमै बढेको , कोही कसैको पनि यस्ता Message आएमा OTP शेयर नगर्नुहुन अनुरोध गर्दछु, कोहीले पनि समस्यापर्यो भनि पैसा मागेमा वा Code मागेमा चोटी फोन गरी आवाज सुनि कन्फर्म नगरी कुनै पनि पैसाहरु Transfer नगर्नुहुन अनुरोध गर्दछु, OTP झन कसैसँग शेयर नगर्नुहोस।

 

👉️ धेरै जनाको प्रोफाईलहरु ह्याक भएपछी वा पहुँचबाहिर पुगेपछी हेर्दा चाहिने Basic कुराहरुनै अपडेट नभएको वा ज्ञाननराख्नुभएको देखेको छु, जसले गर्दा निकै मानसिक तथा अन्य क्षति पुग्न गएको हुन्छ, Digital दुनियाँमा हरेक दिन,             हरेक पल नै चनाखो नरहे धेरै ठुलो आर्थिक, नैतिक घाटा लाग्ने सम्भावना रहीनै रहन्छ, यि लगायत यस्ता सुरक्षासम्बन्धि विषयमा सदैव चनाखो रहनुहुन अनुरोध गर्दछु।

(राजेन्द्र अर्यालको फेसबुकबाट । -सम्पादक)

images
प्रकाशित मिति :फाल्गुण ६, २०७९ शनिवार - ०९:२१:२९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend