Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

न्युयोर्कमा नयाँवर्ष २०८० भव्यताका साथ मनाईयो

न्युयोर्कमा नयाँवर्ष २०८० भव्यताका साथ मनाईयो

सतीश चापागाईं

४, बैशाख २०८०
images
न्युयोर्कमा नयाँवर्ष २०८० भव्यताका साथ मनाईयो


१५ अप्रील २०२३ क्वीन्स, न्युयोर्क।

जिपी कोईराला फाउन्डेशनको आयोजनामा न्युयोर्क ज्याक्शन हाईट्स स्थित जुईस् हलमा एक विशेष समारोह एवं सांगितिक माहोलवीच नयाँवर्ष २०८० भव्यताकासाथ मनाईयो।

साँझ ६ बजेवाट पण्डित उद्दव शास्री र गुरु उर्गेन लामाले नॅंया वर्षको शुभकामना मन्त्र पढेर सुरु गरीएको सो कार्यक्रममा सो क्षेत्रमा वसोवास गर्ने नेपाली समुदाय एवं न्युयोर्क नेपाली संस्कृतिप्रती चासो राख्ने र माया गर्ने स्थानिय समाजसेवी एवं राजनैतिक व्यक्तित्वहरूको वाक्लो उपस्थिति रहेको थियो। विभिन्न नेपाली समुदायका प्रतिनिधित्व गर्ने साँस्कृतीक कार्यक्रमले माहोललाई गर्माएको थियो। सो अवसरमा वोल्नुहँदै अमेरीकी कंग्रेसकी कंग्रेसओमेन माननिय ग्रेस मेगंले आफुलाई नेपाली समुदायको औधी माया लाग्ने र हर सुखदुखमा साथ र सहयोग दिन तत्पर रहेको र फाउन्डेशनको गतिविधिप्रती बधाई एवं धन्यवाद व्यक्त गर्नुभयो।

प्रमुख अतिथि नेपाल सरकारको न्युयोर्कस्थित कार्यवाहक महावाणिज्य दुत श्री विष्णु प्रसाद गौतमले नॅंया बर्ष २०८० को शुभकामना व्यक्त गर्नुहुँदै नेपाल र अमेरिका बिचको घनिष्ठ पारस्परिक सम्बन्ध रहेको र जिपिके फाउण्डेशन अमेरिकाले सबै समुदाय सॅंग हातेमालो गर्दै अत्यन्त प्रशंसनीय कार्य गरी रहेको र अमेरिकामा पनी समाजसेवामा समर्पित भै नेपाल र नेपालीलाई चिनाउन र अमेरिकी निर्वाचित पदाधिकारीहरू संघ, प्रदेश, नगर र स्थानीय तहमा एउटा पुलको भुमिका यस फाउण्डेशनले गरेको छ भन्नु भयो।

कार्यक्रममा न्युयोर्क राज्यका कम्पट्रोलर माननीय Thomas D. NaPoli बाट नॅंया बर्ष २०८० को शुभकामना भिडियो सन्देश सुनाएका थियौं भने NYC Mayor माननिय Eric Adams को कार्यालय वाट South Asian Community Affairs की डाईरेक्टर धनपथ शुकरानीले मेयरको र मेरो व्यक्तिगत तर्फ वाट नॅंया बर्ष २०८० को शुभकामना व्यक्त गर्दै फाउण्डेशनको अझै प्रगती होस भन्नु भयो।

37D338B5-AE04-4B7D-A1B6-3F504716D88F.jpeg
तस्विर - सामाजिक संजाल


त्यसै गरी NYC Mayor Human Rights Commission अफिसकै Flora (Ruoh-Pyng) Ferng, Lead Advisor to Asian Communities ले नॅंया बर्ष २०८० को शुभकामना व्यक्त गर्दै कुनै पनि मानव अधिकारको उल्लङ्घन भएको छ भने हामीलाई तुरुन्तै सम्पर्क गर्न आव्हान गर्नु भयो।

यसैगरी न्युयोर्क राज्य सिनेटर माननीय जोन लुले आफुलाई फाउन्डेशन र नेपालीवीच भेटघाट गर्नपाउँदा आफ्नै घर आएको महशुस भएको वताउँदै नेपाल र नेपालीको नववर्षले उन्नति र प्रगती गरोस भनी शुभकामना व्यक्त गर्नुभयो।

यसैगरी न्युयोर्क राज्यका अर्का सेनेटर माईकल जियानारिस ले कोरोना कहरका बेला फाउण्डेशनले खेलेको भुमिकाको खुलेर प्रसंसा गर्नु भएको थियो भने न्युयोर्क राज्यकी प्रदेशसभा सदस्य माननिय जेनीफर राजकुमारले शुभकामना व्यक्त गर्नुहुँदै नेपाली समुदाय न्युयोर्कमा मानवीय सहयोग एवं समुदायको हकहितमा अग्रणी मोर्चामा रहेकोमा आफुलाई गर्वलागेको वताउँदै वहाँले आफ्नो पहलमा न्युयोर्क राज्यमा सगरमाथा दिवस र दिवाली विदा दिनेजस्ता विशेष कार्यहरू सम्पन्न भएकोमा बधाई समेत दिनुभयो।

यसैगरी न्युयोर्क राज्यकी प्रदेशसभा सदस्य माननिय जेसिका गोन्जालेज रोहासले जिपी कोईराला फाउन्डेशनको उच्च प्रशंसा गर्दै नेपाल र नेपालीको नववर्षमा विशेष प्रगतीको कामनासहित शुभकामना व्यक्त गर्दै फाउण्डेशनलाई सम्मान पत्रले सम्मान गर्नुभयो।

यसैगरी न्युयोर्क सिटी काउन्सील ओमेन माननिय जुली वांनले नववर्षको शुभकामना दिनुहुँदै आफु सदा नेपाली समुदायको साथ र सहयोगमा लागीपर्ने बचनवद्दता प्रकट गर्नुभयो। यसैगरी न्युयोर्क राज्यका नव निर्वाचित प्रदेशसभा सदस्य माननिय स्टेभेन रागाले शुभकामना व्यक्त गर्दै आफुले पछील्ला वर्षहरूमा फाउन्डेशनको गतिविधि नजिकवाट हेर्ने र सँगै काम गरेको र अत्यन्त सह्रानीय कार्य गरेकोमा उच्च प्रशंसा गर्नुभयो।

करीव ३ घन्टा सांगितिक माहोलसहित संचालित सो कार्यक्रम फाउन्डेशनका अध्यक्ष श्री सोमनाथ घिमीरेले संचालन गर्नुभएको थियो। उक्त कार्यक्रममा वालकलाकारहरु क्रमश: नुयोङ राई, ओजा गुरुङ, श्रेया गौतम, स्वेरा कार्की, देचेन शेर्पा, एन्जेला साह र पेमा शेर्पा को नेपाली एंव मैथिली नृत्य उतकृष्ट रहेको थियो र यि नृत्य को कोरियोग्राफर वरिष्ठ नृत्य निर्देशक गोविन्द राई हुहुन्थीयो भने हाँस्यकलाकार महादेव त्रीपाठी, १७औं पटक गिनिज वर्ल्ड रेकर्ड विजेता दिनेश सुनार पार्कर, नेपाली लोक एवं आधुनिक गायक गायिकाहरूले आफ्नो कला प्रस्तुत गर्दै नववर्षको माहोललाई रौनकता दिनुभएको थियो। साथै फाउण्डेशनका अध्यक्ष घिमिरेले उपस्थित निर्वाचित पदाधिकारीहरुलाई सगरमाथा र लुम्विनीको परिचय दिलाउने फोटो फ्रेममा वॅंहाहरुकै आफ्नै फोटो राखेर नॅंया बर्षको उपहार स्वरुप प्रदान गर्नु भएको थियो।

यसै कार्यक्रममा शेर्पा किदुग अमेरिकाका अध्यक्ष ई. तेम्बा शेर्पा, तमु परिवार न्युयोर्ककी अध्यक्ष मनिता गुरुड॰, तामाड॰ समाज अमेरिकाकी अध्यक्ष बिनीता तामाड॰, नेपाली अमेरिकन कलाकार संघकी अध्यक्ष नीसा सुनार, नेपाल भिजन अमेरिका का अध्यक्ष मोहन श्रेष्ठ, यु.एस. क्लाईम्बर्स ऐसोसिएसनका अध्यक्ष पासाड॰ निमा शेर्पा हरुले नॅंया बर्ष २०८० को शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।

5FFE1CB6-3AEE-463C-AA4F-56B0B006EEF2.jpeg
तस्विर - सामाजिक संजाल

यसै कार्यक्रममा युनाईटेड किरांत राई अर्गनाईजेसन अमेरिकाका उपाध्यक्ष केशव राम राई, पर्वत समाज अमेरिकाका अध्यक्ष हेमन्त मल्ल, मोरगं समाज अमेरिकाका संयोजक बिवेक पौडेल, एन.आर.एन. अमेरिका सल्लाहाकार बिरेन्द्र जंग केसी, एन.आर.एन. अमेरिका न्युयेर्कका वरिष्ठ उपाध्यक्ष शोभा कान्त पाण्डे, एन.आर.एन. अमेरिकाका नेता द्वय दिन दयाल भण्डारी, बासु लामीछाने, नव नियुक्त क्मुनिटी बोर्ड ३ का सदस्य श्याम कार्की, समता गोल्वलका वरिस्ठ उपाध्यक्ष एवं सेन्ट्रल नासो लाएन्स क्लव अध्यक्ष टिकाराज ढकाल , एन आर एन ए अमेरिकाका वोर्डअफ डाईरेक्टर विश्वराज वांस्तोला , नारी एक्ताकी संयोजक शान्ती गुरुड॰, समाजसेवी एवं सेन्ट्रल नासो लाएन्स क्लव उपाध्यक्ष शंकर भण्डारी , लंगआईलेण्ड नेपाली समाजका महासचिव एवं वरिश्ठ समाजसेवी वावुराम शर्मा, वरिष्ट समाजसेवी आदित्य महर्जन, बिरेन्द्र मानन्धर, शान्ता रिसाल, वरिष्ठ नेपाली लोक गायक बिमल डांगी, वरिष्ठ नेपाली लोक गायीका संगीता थापा र लोकप्रिय गायीका/मोडल बसन्ती राई, हेल्लो अमेरिका मिडीयाका सम्पादक सम्राट कार्की लगायतको उपस्थिती रहेको थियो।

फ़ाउन्डेशनले आफ्ना आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै विभिन्न व्यक्ति एवं संस्थाहरूलाई प्रमुख अतिथी कार्यवाहक महावाणिज्यदुत श्री विष्णु प्रसाद गौतम र न्युयोर्क राज्यकी प्रदेशसभा सदस्य माननिय जेसिका गोन्जालेज रोहास द्वारा हस्तान्तरण एंव सम्मानपनी गरेको थियो।

सो कार्यक्रममा विशेष खटीएर सम्पन्न गर्ने पदाधिकारी हरू उपाध्यक्ष्य सुवर्ण लामा, महासचिव छिरींग राप्के लामा, प्रवक्ता एवं केन्द्रीय सदस्य रामचन्द्र अधिकारी, केन्द्रीय सदस्यहरू क्रमशः सुर्य सिंखडा, प्रेम अधिकारी क्षेत्री, ध्रुव कुँवरक्षेत्री, रेखा श्रेष्ठ एवं विशेष सहयोगी भावना सिंखडा र स्वयंसेवकहरू साड॰तेम्बा शेर्पा, नगा नर्वु शेर्पा, तासि शेर्पा, पासाड॰ शेर्पा, लाना टु, मेगडालिना कुलिज हरुको उच्च प्रशंसा गर्दै अध्यक्ष घिमीरेले हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।

सो कार्यक्रममा खानाको प्रायोजन गर्ने कार्य समिती सदस्य रेखा श्रेष्ठ एवं टेष्ट अफ नेपाल र डि. जे. एल.एस जाड॰बु शेर्पालाई विशेष धन्यवाद व्यक्त गर्दै अध्यक्ष घिमीरेले सबैको खटाईको कारणबाट यो कार्यक्रम सम्पन्न भएकोमा आफु हर्षविभोर भएको भन्दै नववर्ष २०८० को शुभकामना व्यक्त गर्नुभयो ।

अन्त्यमा कार्यक्रममा उपस्थित सबैलाईफाउन्डेशन परीवारको तर्फवाट हार्दिक धन्यवाद दिँदै प्रवक्ता रामचन्द्र अधिकारीले नववर्ष कविता वाचन गरी कार्यक्रम सम्पन्न गरीएको थियो।

images
प्रकाशित मिति :बैशाख ४, २०८० सोमवार - २३:२५:१७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend