Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

राष्ट्रपती पौडेललाई भारत लगियो, उपचार हुदै

राष्ट्रपती पौडेललाई भारत लगियो, उपचार हुदै

सतीश चापागाईं

६, बैशाख २०८०
images
राष्ट्रपती पौडेललाई भारत लगियो, उपचार हुदै

भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको छ।

उनलाई बुधबार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो। अहिले एम्समा उनको उपचार सुरु भएको छ।

राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो। नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्यहरु र चिकित्सकहरुले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई भारत लगिएको हो।

उनीसँग निजी चिकित्सक डा. निरज बम, ७ चिकित्सकको टोली र परिवारका सदस्य सँगै छन्।

images
प्रकाशित मिति :बैशाख ६, २०८० बुधवार - १५:१६:०७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend