Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

हर्ट अट्याकबाट अमेरिकामा निधन भएका ४१ बर्षिय ज्ञवालीको परिवारलाई सहयोग उठाईदै

हर्ट अट्याकबाट अमेरिकामा निधन भएका ४१ बर्षिय ज्ञवालीको परिवारलाई सहयोग उठाईदै

सतीश चापागाईं

६, बैशाख २०८०
images
हर्ट अट्याकबाट अमेरिकामा निधन भएका ४१ बर्षिय ज्ञवालीको परिवारलाई सहयोग उठाईदै

टेक्सस (अमेरिका)। टेक्ससको युलेस सहरमा बस्दै आएका बलराम (विशाल) ज्ञवालीको अप्रिल १६, २०२३ मा निधन भएको छ । ४१ वर्षीय ज्ञवालीको हृदयघातका कारण मृत्यु भएको जनाइएको छ ।

अप्रिल ५, १९८१ मा गुल्मी जिल्ला रुरु गाउपालिकामा जन्मिएका ज्ञवाली विगत ५ वर्षदेखि अमेरिमा बस्दै आएका थिए । स्वर्गीय ज्ञवालीका श्रीमती र एक छोरी छन् ।

ज्ञवाली मिलनसार र सामाजिक कार्यमा सक्रिय रहँदै आएका थिए । उनको निधनले अहिले परिवार र समाज स्तब्ध छ । आफ्नो जीवनको अभिभावक गुमाउनुपर्दा उनकी श्रीमती समिता शर्मा र छोरी स्तुति पीडामा रहेका छन् ।

घरपरिवारको पालनपोषणदेखी सबै आर्थिक कारोबार स्व. ज्ञवालीकै भरोसामा रहेको बताउँदै उनकी श्रीमतीले अब जीवनयापनदेखि छोरीको भविश्यका लागि आर्थिक समस्या रहेको बताएकी छन् ।

यो पीडाको घडीमा सानो आर्थिक सहयोग भएमा केही हदसम्म भए पनि आर्थिक भारसँग जुध्नका लागि आफू र छोरीका लागि ठूलो राहत हुने स्वर्गीय ज्ञवालीकी श्रीमतीले बताएकी छन् ।

स्वर्गीय ज्ञवालीको दाहसंस्कार कार्यक्रम अप्रिल १९, २०२३ बुधबार दिनको १:०० बजेदेखि ३:०० बजेसम्म रहेको छ । दाहसंस्कार Hughes Family Tribute Center (9700 Webb Chapel Rd, Dallas, TX 75220) हुने बताइएको छ ।

स्वर्गीय ज्ञवालीको परिवारलाई आर्थिक सहयोग गर्नका लागि गोफन्डमी एकाउन्ट खोलिएको छ । यहाँको सानो सहयोगले स्वर्गीय ज्ञवालीको परिवारमा ठूलो सहयोग पुग्नेछ ।

https://gofund.me/b5f63edc लिंकमा गई स्वर्गीय ज्ञवालीको परिवारलाई सहयोग गर्न सकिन्छ ।

images
प्रकाशित मिति :बैशाख ६, २०८० बुधवार - १६:१७:३६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend