Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

काठमाडौं महानगरलाई सर्वोच्चको आदेश : तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउनु

काठमाडौं महानगरलाई सर्वोच्चको आदेश : तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउनु

सतीश चापागाईं

९, बैशाख २०८०
images
काठमाडौं महानगरलाई सर्वोच्चको आदेश : तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउनु

काठमाडौं सर्वोच्च अदालतले सिंहदरबारको फोहोर तीन दिनभित्र उठाउन काठमाडौँ महानगरपालिकालाई अन्तरिम आदेश दिएको

आज (शुक्रवार) न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सिंहरदरबारसहित राष्ट्रपतिको कार्यालय शीतलनिवास प्रधानमन्त्री कार्यालय रहेको क्षेत्रका फोहोर उठाएर विसर्जन गर्न आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडैलले जानकारी दिए

यसअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सङ्घीय सरकारले आफूहरूसँग समन्वय नगरेको भन्दै गएकोचैत २४ गतेदेखि ती क्षेत्रको फोहोर नउठाउन निर्देशन दिएका थिए मेयरको यो निर्णयविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले काठमाडौँ महानगरपालिकासहितलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए

 

सर्वोच्च अदालतले फोहोरमैला व्यवस्थापन ऐन २०६८ नेपालको संविधानमा भएको संवैधानिक प्रावधान अनुसार सरसफाइ गर्नुपर्ने अधिकार दायित्व पालिकामा रहेको उल्लेख गरेको

images
प्रकाशित मिति :बैशाख ९, २०८० शनिवार - ००:५६:४५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend