Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

हलिउड शहरमा नेपाल फेस्टिबलको रौनक (तस्वीरहरु सहित)

हलिउड शहरमा नेपाल फेस्टिबलको रौनक (तस्वीरहरु सहित)

सतीश चापागाईं

२४, आषाढ २०८०
images
हलिउड शहरमा नेपाल फेस्टिबलको रौनक (तस्वीरहरु सहित)


अमेरिकी भूमिमा नेपाली संस्कृति चिनाउने र नेपालको पर्यटन प्रवर्द्दनमा योगदान पुग्ने उद्देश्यले हलिउड शहर लस एन्जल्समा नेपाल फेस्टिभल गरिएको छ ।

हामी नेपाली ग्लोबलका केन्द्रिय सभापति अमृत लामाको उपस्थिति, हामी नेपाली ग्लोबल अमेरिका च्यप्टर अध्यक्ष इन्दिरा त्रिपाठीको नेत्रित्व तथा हामी नेपाली ग्लोबलका केन्द्रिय उपाध्यक्ष टेक लामाको संयोजकत्वमा क्यालिफोर्निया राज्यको लस एन्जल्समा नेपाल फेस्टिबल आयोजना गरिएको हो ।

CA0E1E13-10F5-46D5-8C5B-EE6E14363339.jpeg
कार्यक्रमका सहभागीहरु

उक्त कार्यक्रममा हामी नेपाली ग्लोबल केन्द्रिय बरिष्ठ उपध्यक्ष तथा कलेज प्वाइन्ट सिभिक ट्याक्स्पेयर अशोशिएसनका अध्यक्ष, न्युयोर्क सिटिको मेयर एरिक एडम्सका एशिएन मामिला सल्लाहकार नवराज केसी, हामी नेपाली ग्लोबल अमेरिका च्याप्टरका महासचिब सुमन थाम्सुहाङ, हेल्लो अमेरिकाका सम्पादक पत्रकार सम्राट कार्की, डाइरेक्टर किशोर सुब्बा, Hami Nepali Global America Chapter secretary surya Simkhada treasury uma tamang Newyork chapter president Dhruba kunwar Lakesh Thapa स्थानिय राजनीतिकर्मी लगायत थुप्रै देशका नागरिकहरुको बाकुलो उपस्थितिमा गत आईतवार हलिउड शहरको व्यस्त सडकमा झण्डै २ माईल नेपाली पहिचान झल्किने गरि विविध भेषभुषामा सजिएर गैर आवासीय नेपालीले नेपाल फेस्टिबलमा सहभागिता जनाएका थिए भने सुबास भण्डारीले अतिथि सत्कार गरेका थिए।

नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्य रहेको नेपाल फेस्टिबलमा लोक तथा पन्चे वाजा, कुमारी, राधाकृष्ण, पञ्चकन्या लाखे तथा नेपाली परिकारको रुपमा मो.मो तथा चाउमिन प्रमुख आकर्षणको रुपमा रहेका थिए । नेपाल तथा अमेरिकाको झण्डा फहराउँदैं हलिउडमा गरिएको Nepal Festival नेपालको पर्यटन प्रवर्द्दन र नेपाली उत्पादनको विश्व बजारिकरणमा टेवा पुगेको विश्वास आफूहरुले गरेको फेस्टिबलमा कन्भेनर तथा हामी नेपाली ग्लोबलका उपाध्यक्ष टेक वाईवा लामाले बताए।

3C5773B3-06D6-45D4-A5E3-D8165AFCF928.jpeg
कार्यक्रमका सहभागीहरु

हलिउडको वाक एंड फर्म स्ट्रिटमा भएको नेपाल Festival एनआरएनए क्यालिफोर्निया च्याप्टर, श्री पशुपतिनाथ फाउण्डेशन युएसए , नेपाल अमेरिका एकता समाज,फ्रेन्डस अफ नेपाल लस एन्जल्स, अन्तराष्ट्रिय नेपाली साहित्य समाज, लस एन्जल्स च्याप्टर, नेपाली जनसंपर्क समिति लस एन्जल्स च्याप्टर,अमेरिका नेपाल चेम्बर अफ कमर्स, बौदिक संसार शैक्षिक एकेडेमी, नेवाः अर्गनाइजेसन, सोकल च्याप्टर, वर्ल्ड नेवाः अर्गनाइजेसन, क्यालिफोर्निया लस एन्जलस च्याप्टर, तामाङ सोसाइटी क्यालिफोर्निया च्याप्टर, मगर समुदाय क्यालिफोर्निया लस एन्जलस,बौद्ध समाज, लसएन्जल्स, एन.डब्लू.जी.यन सीए च्याप्टर लसएन्जल्स, एफ वन समूह, सोसाइटी अफ अमेरिकन नेपाली नर्स, क्यालिफोर्निया च्याप्टर, प्रवासी नेपाली मञ्च, क्यालिफोर्निया च्याप्टर, ब्लड डोनर अफ अमेरिका, क्यालिफोर्निया च्याप्टर, मधेसी एसोसिएसन इन अमेरिका, क्यालिफोर्निया च्याप्टर, लस एन्जलस हिमालयन लायन्स क्लब सुदूरपश्चिमल समाज क्यालिफोर्निया, वाइड जोन, क्यालिफोर्निया, उत्तरी नेपाली संघ क्यालिफोर्निया, नेपाली जनसंपर्क समिति उत्तरी क्यालिफोर्निया, सनी सगरमाथा समाज, एनएयफसीए डेविस, नेपाली सामुदायिक केन्द्र उत्तरी क्यालिफोर्निया, तामाङ कोअपरेसन सोसाइटी उत्तरी क्यालिफोर्निया, विश्व नेवा संगठन, अमेरिका उत्तरी क्यालिफोर्निया,बुद्ध नेपाल शान्ति प्रतिष्ठान,क्यालिफोर्निया शेर्पा संघ,तमु समाज आदिवासी जनजातिको महासंघ क्यालिफोर्निया,नेपाली संघ ग्लोबल कोअपरेसन उत्तरी क्यालिफोर्निया,हिमालवन फाउन्डेसन,किरात याक्थुङ चुम्लुङ क्यालिफोर्निया,नेपाली महिला ग्लोबल नेटवर्क,क्यालिफोर्निया मगर संघ रचनात्मक नेपाल युवा संगठन, मातृभूमि नेपाल बर्कले अन्नपूर्ण, बर्कले मकालु , बर्कले लालीगुरास,फ्रेमोन्ट सगरमाथा, सान फ्रान्सिस्को बुद्ध अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाज उत्तरी क्यालिफोर्निया,काष्टमण्डप लायन्स क्लब, सान्ता रोजा बिकल्प फाउन्डेशन,झी नेवा अर्गनाइजेशन उत्तरी क्यालिफोर्निया,अन्तर्देशीय साम्राज्य नेपाली कल्याणकारी समाज अमेरिका नेपाल समाज क्यालिफोर्निया लगायत सम्पूर्ण संघ सस्थाको सहभागिता रहेको थियो ।

0B14D792-818B-46A4-8562-9E154FC69D43.jpeg
कार्यक्रमका सहभागीहरु

images
प्रकाशित मिति :आषाढ २४, २०८० आइतवार - ०५:४५:११ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend