Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

एडब्लुएस तथा जेनेस सलुशनद्वारा न्यूयोर्कमा सूचना प्रविधि अन्तरक्रिया

एडब्लुएस तथा जेनेस सलुशनद्वारा न्यूयोर्कमा सूचना प्रविधि अन्तरक्रिया

सतीश चापागाईं

१, श्रावण २०८०
images
एडब्लुएस तथा जेनेस सलुशनद्वारा न्यूयोर्कमा  सूचना प्रविधि अन्तरक्रिया

न्यूयोर्क - अमेजन वेब सर्भिसेस (एडब्लुएस) तथा बेलायतमा मुख्यालय भएको कम्पनी जेनेस सलुशनले अमेरिका तथा नेपालका सूचना प्रविधि विज्ञ तथा व्यवसायीहरुको उपस्थितिमा बिहीबार एक अन्तरक्रिया आयोजना गरेको छ। 'नेपालको प्रविधि क्षेत्रमा कसरी क्रान्तिकारी परिवर्तन ल्याउन सकिन्छ' भन्ने विषयमा आयोजित छलफलमा एडब्लुएस उपभोक्ता समूह नेपाल तथा एडब्लुएस एकेडेमीले नेपालको प्रविधि क्षेत्रको उत्थान साथै प्रविधि क्षेत्रमा नेपाली महिला तथा किशोरीहरुलाई सशक्तिकरण गर्न गरिरहेका कामहरुको बारेमा पनि जानकारी गराइएको थियो। उक्त अवसरमा वक्ताहरुले प्रविधि क्षेत्रमा आफ्नो यात्राको कथा सुनांउदै आफ्ना अनुभवहरु शेयर गरेका थिए।

कार्यक्रमका मुख्य वक्ता जेनेस सलुशनका संस्थापक तथा मुख्य प्रविधि अधिकृत अन्जनी फुयालले आफ्नो कम्पनीलेनेपालमा क्लाउड कम्प्युटिंगको बारेमा जनचेतना जगाउन तथा व्यवसायीहरुले त्यसबाट कसरी फाइदा लिन सक्छन् भन्ने विषयमा काम गरिरहेको बताए। सन् २०१९ देखि 'एडब्लुएस एमव्यास्डर' तथा एडब्लुएस उपभोक्ता समूह नेपालकोअगुवाको रुपमा आफुले डिसेम्बर २०२२ मा नेपालमै पहिलो पटकएडब्लुएस  कम्युनिटी डेआयोजना गरेको उनले स्मरणगरे। यस्ता कार्यक्रमहरुबाट नेपालमा सूचना प्रविधिको क्षेत्रमा कार्यरत युवाहरुले एक अर्काबाट सिक्ने, सहकार्य गर्ने र विश्वव्यापी क्लाउड समुदायसंग जोडिने मौका पाएको उनले बताए।

81CFE81C-98D5-4674-8F95-E927ACCB1B78.jpeg
तस्वीर: समाचार श्रोत

"यी प्ल्याटफर्महरुले नेपाली सूचना प्रविधिको क्षेत्रमा कार्यरत युवाहरुलाई साझेदारीको खोजी गर्न, आफ्नो दक्षताविकास गर्न सघाउने व्यक्तिको पहिचान गर्न एक अर्कालाई सघाउने संजाल निर्माण गर्न मदत गरिरहेका छन्। त्यस्तै एडब्लुएस एकेडेमीजस्ता प्रयासबाट  नेपालको सूचना प्रविधिबारे पढाउने क्षेत्रमा कम्पनीहरुमा रहेको 'सीपको ग्याप ' कम गर्न पनि मदत पुगेको ," फुयालले भने।

एउटा प्रमुख अमेरिकी वित्तीय सेवा कम्पनी, क्रस रिभर ब्यांकको क्वान्टिटेटिभ स्ट्राटेजिज ग्रुपका प्रमुख, प्रवेश रिजाल, लेआफ्नो बैंकले कसरी नेपाली इन्जिनियरहरुको सीप क्षमता प्रयोग गरिरहेको भन्ने अनुभव सुनाए। उनले नेपालमा पनि गुणस्तरीय सेवा दिन सक्ने विश्वस्तरको प्राविधिक जनशक्ति भन्ने आफुले थाहा नपाएको बताए।  एडब्लुएस जेनेस सलुशनसंग काम गरेपछि नेपाली टेक जनशक्तिको क्षमताबाट आफु प्रभावित भएको उनले जनाए।  “तपाईंहरुको मदतबाटै क्रस रिभर बैंकले अमेरिकाजस्तो निकै प्रतिस्पर्धी बजारमा नव परिवर्तनमा आधारित सेवाहरु दिन सकीरहेको छ। यसका लागि तपाईंहरुलाई धन्यवाद दिन चाहन्छु," रिजालले भने।                      

त्यस्तै एडब्लुएसको सामुदायिक प्रभाव कार्यक्रमकी प्रमुख क्लेरा सेडानाले नेपालको सूचना प्रविधि क्षेत्रमा महिला तथाकिशोरीहरुको सहभागिता वृद्धि गर्न आफ्नो कम्पनीले गरिरहेको कामको बारेमा जानकारी दिइन् "समुदायमा लामो समयसम्म प्रभाव पार्ने काम गर्नु हाम्रो जिम्मेवारी हो। हामी हाम्रो नेतृत्व सम्बन्धी सिद्धान्तहरुप्रति वफादार छौं हामी कामगर्ने समुदायहरुको उन्नतिको लागि हाम्रो सिकाइ कार्यक्रम, स्थानीय सामुदायिक साझेदारहरु एडब्लुएस साझेदार संजालको सामूहिक शक्ति उपयोग गर्न हामी प्रतिबद्ध छौं, " उनले भनिन्

208B16ED-C05F-477B-AA44-CF3C916CEC13.jpeg
तस्वीर: समाचार श्रोत

उक्त अवसरमा 'गर्ल्स इन टेक नेपाल,' 'हर जर्नी' तथा 'शी क्यान' जस्ता कार्यक्रमहरुको बारेमा पनि जानकारी दिइएको थियो। यस्ता कार्यक्रमहरुले प्रशिक्षण तथा  'मेन्टरिङ्ग' को माध्यमबाट सूचना प्रविधिको क्षेत्रमा कार्यरत नेपाली महिलातथा किशोरीहरुको सीप विकास गर्न तथा करियर विकास गर्न सघाउ पुराइरहेका छन्।

आफ्नो मन्तव्यमा कार्यवाहक कंसुल जनरल बिष्णु प्रसाद गौतमले भने, “हाम्रो जनशक्तिमा लगानी गर्नु उनीहरुलाई विश्व बजारमा दक्षतापूर्वक काम गर्न सक्ने गरी तयार गर्नु नै सबैभन्दा उपलब्धिमूलक काम हो।

 

एडब्लुएससंग मिलेर जेनेस सलुशनले विश्वका विभिन्न शहरहरुमा यस्ता कार्यक्रमहरु गर्दै आएको छ। जेनेस सलुशनका संस्थापक तथा ग्लोबल सीटीओ अन्जनी फुयालले भने, “यस्ता कार्यक्रमहरुले नेपाली विश्व प्रविधि समुदायमा चेतना जगाउन, सकारात्मक परिवर्तन ल्याउन, नेपाली तथा विश्व प्रविधि समुदायको प्रगतिमा मदत पुराउँछन्।  साथै तिनले साझेदारीहरु बनाउन, सहकार्यलाई बढावा दिन टेक उद्योगभित्र उपयोगी सीपहरुको विकास गर्न सघाउँछन्। "

 

images
प्रकाशित मिति :श्रावण १, २०८० सोमवार - २१:३२:३१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend