Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

लिम्बु नयाँ वर्ष ५०८३ सालको अवसरमा अमेरिकामा सिसेक्पा तङ्नाम

लिम्बु नयाँ वर्ष ५०८३ सालको अवसरमा अमेरिकामा सिसेक्पा तङ्नाम

सतीश चापागाईं

३, श्रावण २०८०
images
लिम्बु नयाँ वर्ष ५०८३ सालको अवसरमा अमेरिकामा सिसेक्पा तङ्नाम

न्युयोर्क ।अमेरिका ।किरात याक्थुङ चुम्लुङ अमेरिकाले लिम्बु जातिको नयाँ वर्ष येले तङ्बे अर्थात अथवा लिम्बु सम्वत ५०८३ सालको उपलक्ष्यमा सिसेक्पा तङ्नाम यही जुलाई ९ तारीख मनाएको छ।

DADDD993-C9B4-4141-BBB3-3A5F220C46FE.jpeg
तस्वीर:आयोजक


नेपाली वाणिज्यदुतको कार्यलय अमेरिकाका वाणिज्यदुत गणेश प्रसाद अधिकारी प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम क्वींसब्रिज पार्क लङ आइलैंड सिटी, न्युयोर्कमा आयोजना गरिएको थियो ।

9571B237-DEFC-4BD3-AA66-7740566D08F5.jpeg
तस्वीर:आयोजक

लिम्बु जातिको महान चाड मध्ये एक मानिने यस पर्वलाई लिम्बु रिती रिवाज अनुसार सहकाल बोलाउने, अनिकाल धपाउने तिथिको रूपमा हेरिन्छ । कार्यक्रममा अतिथिहरुलाई तोङ्बा प्रदान गरेर स्वागत गरिएको थियो ।
कार्यक्रममा लिम्बु रीतिरिवाज, कला, धर्म, संस्कृतिसंग संबंधित नृत्य , प्रदर्शनी तथा खेलहरु देख्न सकिन्थ्यो । नृत्य तर्फ केलाङ (च्याब्रुङ) नाच र यालाङ (धान नाच) प्रस्तुत गरिएको थियो । पहिलो पटक लिम्बु बालबालिकाले च्याब्रुङ नाच पनि प्रदर्शन गरेका थिए ।

3D75272B-55EE-4D7C-9103-F4AB31DC5809.jpeg
तस्वीर:आयोजक

लिम्बु संस्कार संस्कृति झल्किने फोटो , गरगहना तथा भेषभुषा समेतको प्रदर्शनी रहेको उक्त कार्यक्रममा लिम्बु संस्कार संस्कृति जगेर्नामा अमुल्य सहयोग गर्नुहुने किरात याक्थुङ चुम्लुङ अमेरिकाका अग्रजहरुलाई र याक्थुङ समुदाय अमेरिकाबाट उच्च शिक्षा गरेका बिद्यार्थीहरुलाइ सम्मान गरिएको थियो ।

DF85B647-0A81-4099-97EF-AD7AF44B78C0.jpeg
तस्वीर:आयोजक


अध्यक्ष दिपक थेबेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम र खेलकुद पनि समावेश गरिएको थियो । यसै अवसरमा किरात याक्थुङ चुम्लुङ अमेरिकाको अफिसियल वेबसाइटको पनि उदघाटन गरिएको थियो ।

images
प्रकाशित मिति :श्रावण ३, २०८० बुधवार - १८:०९:४२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend