एनआरएनए अमेरिकामा एकाउन्न प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिले एनआरएनए सदस्यहरुलाई केही समय अगाडी पठाएको ईमेलमा सो जानकारी गराएको हो । कुल १३ हजार ६ सय ९१ सदस्यहरु मध्ये आज ६ बजेसम्मा ६ हजार ९ सय ६० मत खसेको ईमेलमा उल्लेख छ। निर्वाचन समितिले राती १२ बजेपछि तेश्रो अपडेट दिने बताएको छ ।
विहान आठ बजेदेखि मतदान प्रक्रिया चलिरहेको छ । केही सदस्यहरुलाई विहानै मतदान लिंक गएपनि केही सदस्यहरुलाई १० बजेपछि मात्र लिंक गएको थियो ।
सोही कारण विहान केही समय निर्वाचन समिति र निर्वाचन प्रक्रियाप्रति सामाजिक संजालहरुमार्फत तिब्र असन्तुष्टि प्रकट भएको थियो । यहि समस्यालाई मध्यनजर गर्दै निर्वाचन समितिले भोली दुई घण्टा समय थपेको छ । जसअनुसार अब सदस्यहरुले आईतबार विहान न्यु योर्क समय १० बजेसम्ममा मतदान गर्न पाउने छन् ।
एनआरएनए अमेरिकाको अध्यक्ष पदमा डिलु पराजुली र डाक्टर अर्जुन बन्जाडे उमेद्वार छन् । आईसीसी सदस्य, एनसीसी पदाधिकारी र च्याप्टर पदाधिकारीहरु सहित झण्डै पाचं दर्जन उमेद्वार मैदानमा छन् ।
फेस भेरिफिकेशन प्रक्रिया अपनाएर पहिलो पटक एनआरएनए अमेरिकाको निर्वाचन सम्पन्न हुदैछ । लिंक आउने समयमा प्राबिधिक कमजोरी देखिएपनि मतदानको कार्य सजिलैसंग अगाडी बढेको मतदानमा सक्रिय स्वयंसेवकहरु बताउछन् ।