Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

एनआरएनए अमेरिकाको निर्वाचन सम्पन्न, परिणाम केहीबेरमा आउंदै

एनआरएनए अमेरिकाको निर्वाचन सम्पन्न, परिणाम केहीबेरमा आउंदै

सतीश चापागाईं

७, श्रावण २०८०
images
एनआरएनए अमेरिकाको निर्वाचन सम्पन्न, परिणाम केहीबेरमा आउंदै

एनआरएनए अमेरिकाको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा कुल १३ हजार ६ सय ९१ मतदाता मध्ये ११ हजार २ सय ६९ मतदाताले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

यो कुल मतदाता संख्याको ८२.३१ प्रतिशत मतदान हो । मतदान उल्लेख्य मात्रामा भएको भएपनि आफ्नै मत हाल्न नपाएकाहरुले गरेको ईमेल र गुनासोको रेस्पोन्स गर्न निर्वाचन समितिले कुनै पहल नगरेको गुनासो पनि आएको छ । 

ईमेलमा आएको लिंकमा आफ्नै फेस रिड नभएपछि निर्वाचन समितिमा सम्पर्क गरेको र निर्वाचन समितिले जुमबाट रेस्पोन्स सुनेपछिपनि अर्को लिंक नपठाएका दर्जनौं गुनासो नेप्लिज डायस्पोरालाई प्राप्त भएको छ ।

फेस भेरिफिकेसन प्रणाली मार्फत यो मतदान भएको हो ।

मत परिणाम आउंन केही समय लाग्ने बताईएको छ ।

 

 

 

images
प्रकाशित मिति :श्रावण ७, २०८० आइतवार - १९:३९:३१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend