एनआरएनए भर्जिनिया च्याप्टरमा बिशाल कार्की निर्वाचित भएका छन् । कार्कीले २सय ३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी विजय बगालेको ६१ मत आएको छ ।
त्यसैगरी, उपाध्यक्षमा अर्जुनध्वज खड्का विजयी भएका छन् ।
भर्जिनिया च्याप्टरका अन्य पदहरुमा पहिले नै निर्विरोध भईसकेको थियो ।
जस अनुसार सचिवमा गेहेन्द्र पोखरेल, युवा संयोजकमा अभिजित राई, महिला संयोजकमा लता घिमिरे, बोर्ड अफ डाईरेक्टरमा अनिल भट्टराई, रामहरि भण्डारी रहेका छन् ।