Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

स्याङ्जा समाज मेरिल्याण्ड च्याप्टरको संयोजकमा ढाकाराम खनाल चयन

स्याङ्जा समाज मेरिल्याण्ड च्याप्टरको संयोजकमा ढाकाराम खनाल चयन

सतीश चापागाईं

१८, श्रावण २०८०
images
स्याङ्जा समाज मेरिल्याण्ड च्याप्टरको संयोजकमा ढाकाराम खनाल चयन

स्याङ्जा समाज अमेरिकाको मेरिल्याण्ड च्याप्टर गठन भएको छ । च्याप्टरको संयोजकमा ढाकाराम खनाललाई चयन गरिएको छ । मेरिल्याण्डमा हालै बसेको स्याङ्जाबाट आएर मेरिल्याण्डमा बसेको स्याङ्जावासी नेपालीहरुको भेलाले खनाललाई संयोजक तोकेको हो ।

खनाल लामो समयदेखि अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका यूवा सामाजिक व्यक्तित्व र व्यबसायी हुन् । 

"छिट्टै तोकिएको जिम्मेवारी पुरा गर्नेछु र समाजको उद्देश्य अनुरुपमा काममा लाग्नेछु ।" संयोजक खनालले नेप्लिज डायस्पोरासंग भने ।

केहीदिन मै च्याप्टरका अन्य पदाधिकारी र सदस्यहरु मनोनित गर्नेगरी भेलाले खनाललाई जिम्मेवारी पनि तोकेको छ । स्याङ्जा समाज अमेरिकाको यसअघि न्युयोर्कमा पनि च्याप्टर गठन भईसकेको छ ।

C437BFAC-593B-4981-B11B-2AFC2C90ED4F.jpeg
तस्वीर आयोजक

सो भेलामा समाजका केन्द्रिय संयोजक टुक राज अर्यालको बिशेष उपस्थिती रहेको थियो ।  

भेलाको आयोजना समाजसेवीहरु जेदु पोख्रेल, ढाका राम खनाल
र अशोक के सिले गरेका थिए ।

कार्यक्रममा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका सल्लाहकार आदरणीय श्याम काजी गुरुङ, पुर्ब सल्लाहकार लोक तिवारी, उपाध्यक्ष बिरेन्द्र जङ के सि, स्याङ्जा समाज अमेरिका बरिस्ट उपाध्यक्ष दिनदयाल (दिनेश ) भण्डारी, स्याङ्जा समाज मलेसियाबाट सस्थापक अध्यक्ष भवानी शंकर तिवारीका साथै सामाजिक व्यक्तित्वहरु तरुण पौडेल, कमल अर्याल, रेशम भण्डारी, राजन पौडेल, कुसुम अर्याल, उज्ज्वल श्रेष्ठ, लोक नाथ मरासिनी, शेष पौडेल, हिरामान श्रेष्ठको उपस्थिती रहेको थियो ।

3B992065-623A-43DE-AFB0-9A31BF7DBBD5.jpeg
तस्वीर: आयोजक

 

images
प्रकाशित मिति :श्रावण १८, २०८० बिहिवार - २१:५९:१९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend