Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

प्रविण बेडवालको स्वरमा गीतकार अशोक काफ्लेको "अलिकति घुर्की लगाई" बोलको गीत भिडियो सहित सार्वजनिक:

प्रविण बेडवालको स्वरमा गीतकार अशोक काफ्लेको "अलिकति घुर्की लगाई" बोलको गीत भिडियो सहित सार्वजनिक:

सतीश चापागाईं

२७, श्रावण २०८०
images
प्रविण बेडवालको स्वरमा गीतकार अशोक काफ्लेको "अलिकति घुर्की लगाई" बोलको गीत भिडियो सहित सार्वजनिक:

"अलिकति घुर्की लगाई रिसाउनु को मजा बेग्लै  

रिसाएकी मायालुलाई फकाउनुको मजा बेग्लै   .."


पछिल्लो समयमा नेपाली गीत संगीतमा संगीतप्रेमीहरुका माझ लोकप्रिय गायक प्रविण बेडवालको स्वर र युवाहरु बिच लोकप्रिय संगीतकार रिदम कंडेलको संगीतमा एउटा सुमधुर प्रेमिल गीत हालै सार्वजनिक गरिएको छ।

नेपालमा रेकर्ड गरिएको यो गीतका रचनाकार भने अमेरिकाको डालसका युवा अशोक काफ्ले रहेका छन् । उनले आफ्नो युट्यूब च्यानल Hamrosansar Production मार्फत यही अगष्ट १० तारिखमा सार्वजनिक गरेका हुन्।

गीतको छाँयाङ्कनमा डालास र कोलोराडो वरिपरिको द्रृष्य देख्न सकिन्छ। भिडियोमा रचनाकार स्वयम र उनकी धर्मपत्नी रुबिना खनालले अभिनय गरेका छन्।

साधारण क्यामरा र मोबाइलकै माध्यमबाट खिचिएको भिडियो हेर्दा प्रविधिको उपयोग यसरी पनि गर्न सकिन्छ भन्ने प्रष्ट झल्किन्छ । गीतको संयोजन र सम्पादन भने नेपालमै गरेको उनी बताउँछन् ।

भिडियोमा देखिने यी दम्पती स्वास्थ्य क्षेत्रमा कार्यरत छन्। यद्यपि उनीहरु आफ्नो व्यस्त जीवनशैलीबाट फुर्सद निकालेर सामाजिक र मनोरन्जनको क्षेत्रमा पनि प्रस्तुत भाईरहन्छन्।

रोचक कुरा के छ भने यो गीत रचनाकार अशोकले रुबिनालाई आफ्नो दशौं वैवाहिक वर्षगाँठका अवसरमा उपहार स्वरुप पस्केका हुन्। यी जोडी, बेला बेला कविता र गीतको सिर्जना पस्किराख्ने युवा जोडी पनि हुन्।

आउने दिनमा पनि उनीहरु यसरी नेपाली गीतसंगीतलाई अगाडी बढाउदै जाने कुरा दर्शाउँछन्। गीत सरल र कर्णप्रिय बनेको छ भने गीतमा गजलमा प्रयोग हुने रदिफ, काफियाको मिठो संयोजन र घुर्किपनको प्रेमिल भाव पनि मिश्रित छ। स्रष्टा सबैलाई हार्दिक बधाई र यहाँहरुले यो गीत तलको लिन्क मार्फत सुन्न सक्नुहुनेछ।

 

 

images
प्रकाशित मिति :श्रावण २७, २०८० शनिवार - ०६:०२:४७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend