एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष वुद्धि सुवेदीले आईसीसीको महासचिव पदमा उमेद्वारी घोषणा गरेका छन् । जुम मार्फत गरिएको एक पत्रकार सम्मेलनमा सुवेदीले उक्त घोषणा गरेका हुन् ।
कार्यक्रममा पत्रकारहरुले हतार गरेर किन महासचिव मै उमेद्वारी घोषणा गर्नुभयो भन्ने जिज्ञासा राखेका थिए । उक्त जिज्ञासाका उपर सुवेदीले आफू उपाध्यक्ष मै उमेद्वार हुन चाहेको तर साथीहरुको अनुरोध गरेपछि नै महासचिवमा उठ्न चाहेको बताए।
“एनसीसीलाई आईसीसीले दु:ख दिने काम गर्नु हुदैन । अभिभावकत्व मात्र ग्रहण गर्नुपर्छ भन्ने मेरो मान्यता छ । एनसीसीहरुलाई स्वतन्त्र र स्वायत्त तरीकाले चल्न दिनुपर्छ भन्ने मूल मर्म लागु गर्न मेरो महासचिवको उमेद्वारी हो ।” कार्यक्रममा वुद्धि सुवेदीले भने ।
संविधानको मर्म र भावना अनुरुप नै प्रवासमा बस्ने नेपालीहरुले राजनीति अधिकार बाहेकका सबै अधिकार नेपालका नेपालीले सरह पाउन पर्छ । त्यहि मान्यता स्थापित गर्न आफू सक्रिय हुने सुवेदीले बताए ।
एनआरएनए आईसीसीको एकताका बिषयमा उठेको सवालमा सुवेदीले भने, “सर्बोच्च अदालतको निर्णयपछि कुंवर नेतृत्वको समितीले होल्ड गरेको अवस्था हो । एकताको अधिवेशन हुनु नै पर्छ । एनआरएनए एउटा मात्र हुनुपर्छ ।”
शुरुमा पत्रकारहरुको प्रश्न लिईएको थियो । लगत्तै उहांका शुभचिन्तकहरुबाट शुभकामना मन्तव्य लिईएको थियो ।