Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अमेरिकाको बाल्टिमोरमा टिईसी नेप्लिज समाजद्वारा नेपाली भाषा कक्षा संचालन

अमेरिकाको बाल्टिमोरमा टिईसी नेप्लिज समाजद्वारा नेपाली भाषा कक्षा संचालन

सतीश चापागाईं

३, माघ २०८०
images
अमेरिकाको बाल्टिमोरमा टिईसी नेप्लिज समाजद्वारा नेपाली भाषा कक्षा संचालन

मेरिल्याण्डको बाल्टिमोरमा सक्रिय टिईसी नेप्लिज समाजले बालबालिकाका लागि नेपाली भाषा कक्षा संचालन गरेको छ ।

भाषा कक्षा स्थानीय Woodbridge Elementary school मा संचालन छ ।

विद्यालयसंग समन्वय गरेपछि सो ईलेमेन्ट्रि स्कुलले कक्षा कोठा उपलब्ध गराएको समाजका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले बताए । कक्षा कोठा नपाएर नेपाली भाषा कक्षा संचालन नगरेकाहरुलाई यो एउटा सिकाई नै हुनेछ की विद्यालयहरुले सामाजिक (नन प्रोफिट) संस्थाहरुलाई न्यूनतम मूल्यमा कोठा उपलब्ध गराउंछन । 

IMG_4916.jpeg

"धेरै समयदेखि नै यहांका अभिभावकहरुले आफ्ना छोराछोरीकी लागि स्कुल संचालन गर्ने बारेमा छलफल गर्दै आएका थिए । अघिल्लो बर्ष कक्षा संचालन गरेपनि व्यबस्थित हुन सकेको थिएन ।" एक अभिभावक खुशी हुदै बताए ।

जनबरीको पहिलो हप्ताबाट शुरु भएको स्कुलमा अहिले ३८ जना बालबालिका भर्ना भएका छन् । बालबालिकालाई पढाउन चार जना शिक्षक राखिएको छ । शिक्षकहरुले नियमित पढाउने छन् । त्यस्तै कक्षालाई व्यबस्थित गर्न पालो गरेर दुईजना अभिभावकले सहयोग गर्ने नियम बनाएको पनि टिईसी समाजका अध्यक्ष श्रेष्ठले बताए ।

अझै १५ जना बालबालिकाको नाम आएको छ । हामीले उनीहरुलाई पनि समावेश गर्न कोशिश गर्ने छौं । अर्को कक्षा पनि थप्नु पर्छ । त्यसका लागि प्रोसेस अगाडी बढाउछौं ।

कक्षामा बालबालिकाहरु अत्यन्त खुशी हुदै खेल्ने, पढ्ने र नेपाली सिक्ने गरेका छन् । २० जना त आउलान नी भनेर डराउदै शुरु गरेको कक्षामा ३८ जना भर्ना भएपछि टिईसीको कार्यसमिती दंग परेको छ । आफ्ना बालबालिकालाई नेपाली भाषा र संस्कृती सिकाउने कक्षा शुरु गरिदिएकोमा बच्चाका बाआमाहरु फुरुगं छन् ।

तपाई पनि त्यहीं नजिकै बस्नुहुन्छ भने कक्षा संचालन हुने स्कुलको ठेगाना यो हो:

Address: 1410 pleasant valley Dr. Catonsville, MD 21228

कक्षा प्रत्येक बुधवार बेलुका ५:३० देखी ७:३० सम्म संचालन हुने गर्दछ ।

 

IMG_4912.jpeg

 

IMG_4915.jpeg

IMG_4913.jpeg

images
प्रकाशित मिति :माघ ३, २०८० बुधवार - ०५:०८:१७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend