Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

माष्टर सेफ सन्तोष साहसंग मेरिल्याण्डमा भेट्ने हैन त?

माष्टर सेफ सन्तोष साहसंग मेरिल्याण्डमा भेट्ने हैन त?

सतीश चापागाईं

३, माघ २०८०
images
माष्टर सेफ सन्तोष साहसंग मेरिल्याण्डमा भेट्ने हैन त?

संसारभर नाम कमाएका माष्टर सेफ सन्तोष शाह यतिबेला  अमेरिकाको यात्रामा छन् । यल युनिभर्सिटीको निम्तोमा अमेरिका आएका शाहले मेरिल्याण्डका नेपालीसंग पनि भेट्ने भएका छन् ।

कार्यक्रममा विभिन्न प्रकारका नेपाली परिकार पकाउने छन् । उनले पकाउने परिकारहरु हामीले खादै नखाएका  नेपाली परिकारहरु हुने पनि आयोजकले जानकारी दिएका छन् । सहभागीहरुले उक्त परिकारहरु खान पाउने छन् ।

यो एउटा बिशेष कार्यक्रममा तपाई पनि सहभागी हुने होईन त? 

सन्तोष साह बिबिसीले आयोजना गरेको  प्रतियोगीतामा राम्रो गरेर माष्टर सेफ भएका नेपाली हुन् । उनको यो पहिलो अमेरिका भ्रमण पनि हो ।

माष्टर सेफ सन्तोष शाहसंगको यो डिनर कार्यक्रम बाल्टिमोरमा रहेको क्र्याकपट रेष्टुरेण्टमा हुनेछ । क्र्याकपट रेष्टुरेण्टका संचालकहरु मन्दिरा मैनाली र विनोद उप्रेतीले यो कार्यक्रमको आयोजना गरेका हुन् । प्रशस्त पार्किगं सुबिधा समेत भएकोले सहभागीहरुलाई पार्किगंको समस्या हुदैन ।

"कार्यक्रममा विभिन्न ६ प्रकारका परिकारहरु माष्टर सेफ सन्तोषले पकाउनु हुनेछ । सहभागीको आंखै अगाडी उहांले पकाउनु हुनेछ । अनि संगै बसेर खान पाईन्छ ।" कार्यक्रमको आयोजना गरेका विनोद उप्रेतीले भने ।

"बाल्टिमोरमा पचासौं नेपाली रेष्टुरेण्ट छन् । नेपाली परिकार पकाउने र यो बारेमा थप जानकारी राख्ने सयौं सेफहरु छन् । रेष्टुरेण्ट संचालकहरु र सेफहरुलाई एउटा राम्रो अवसर सिर्जना गरेका हौं ।" विनोद उप्रेतीले नेप्लिज डायस्पोरासंग भने । 

यो कार्यक्रम हामी सबैको साझा कार्यक्रम हो । सबैजनाले मिलेर सफल बनाउने विश्वास पनि विनोद उप्रेतीको छ ।

माउण्ट एभरेष्ट र बुद्धको नामले जस्तै बिदेशमा नेपाली परिकारले पनि नेपाल चिनाएको छ । सेफ साहको उपस्थिती र प्रचार प्रसारले गर्दा नेपाली खाना र नेपालको नाम अझ माथी उठिरहेको छ । संसारभर चिनिएको छ ।

नेपाली वा विदेशी जो भएपनि यदि नेपाली खाना र परिकारमा रुची छ भने माष्टर सेफले बनाएको नेपाली परिकार खान पाउनु  तपाईको जीवनको एक ऐतिहासिक दिन भने पक्कै हुनेछ ।

डिनर कार्यक्रममा सहभागी हुन चाहनेले पहिले नै टिकट किन्नु पर्नेछ । टिकट किन्न यो लिंकमा जानुहोला ।

https://www.tickettailor.com/events/uproarproduction/1119450

डिनरको टिकटबाट प्राप्त सबै रकम सन्तोष साहलाई जानेछ । साथै उक्त रकम मध्येको केही रकम मेरिल्याण्ड कै सामाजिक काममा हस्तान्तरण गरिने बताईएको छ । सेफ साहले यसरी प्राप्त रकमलाई सामाजिक काममा लगाउदै आएका छन् । प्रयोग हुने भेन्यु र परिकारका लागि आवश्यक सबै सामाग्री अनि ब्यवस्थापन खर्च क्र्याकपट रेष्टुरेण्टले गर्नेछ । 

क्र्याकपट रेष्टुरेण्टको ठेगाना यसप्रकार छ :
The Crackpot Restaurant, 8102 Loch Raven Blvd, Towson, MD.

सेफ सन्तोष साह यल युनिभर्सिटीको साउथ एशियन ककशले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन आउंदै छन् । कार्यक्रममा नायिका मनिषा कोईराला र डाक्टर सन्दुक रुईत पनि सहभागी हुनेछन् ।

यस युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थी निकिता पौडेलको पहलमा यो कार्यक्रम हुदैछ ।

images
प्रकाशित मिति :माघ ३, २०८० बुधवार - १९:३८:०६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend