संसारभर नाम कमाएका माष्टर सेफ सन्तोष शाह यतिबेला अमेरिकाको यात्रामा छन् । यल युनिभर्सिटीको निम्तोमा अमेरिका आएका शाहले मेरिल्याण्डका नेपालीसंग पनि भेट्ने भएका छन् ।
कार्यक्रममा विभिन्न प्रकारका नेपाली परिकार पकाउने छन् । उनले पकाउने परिकारहरु हामीले खादै नखाएका नेपाली परिकारहरु हुने पनि आयोजकले जानकारी दिएका छन् । सहभागीहरुले उक्त परिकारहरु खान पाउने छन् ।
यो एउटा बिशेष कार्यक्रममा तपाई पनि सहभागी हुने होईन त?
सन्तोष साह बिबिसीले आयोजना गरेको प्रतियोगीतामा राम्रो गरेर माष्टर सेफ भएका नेपाली हुन् । उनको यो पहिलोअमेरिका भ्रमण पनि हो ।
माष्टर सेफ सन्तोष शाहसंगको यो डिनर कार्यक्रम बाल्टिमोरमा रहेको क्र्याकपट रेष्टुरेण्टमा हुनेछ । क्र्याकपट रेष्टुरेण्टका संचालकहरु मन्दिरा मैनाली र विनोद उप्रेतीले यो कार्यक्रमको आयोजना गरेका हुन् । प्रशस्त पार्किगं सुबिधा समेत भएकोले सहभागीहरुलाई पार्किगंको समस्या हुदैन ।
"कार्यक्रममा विभिन्न ६ प्रकारका परिकारहरु माष्टर सेफ सन्तोषले पकाउनु हुनेछ । सहभागीको आंखै अगाडी उहांले पकाउनु हुनेछ । अनि संगै बसेर खान पाईन्छ ।" कार्यक्रमको आयोजना गरेका विनोद उप्रेतीले भने ।
"बाल्टिमोरमा पचासौं नेपाली रेष्टुरेण्ट छन् । नेपाली परिकार पकाउने र यो बारेमा थप जानकारी राख्ने सयौं सेफहरु छन् । रेष्टुरेण्ट संचालकहरु र सेफहरुलाई एउटा राम्रो अवसर सिर्जना गरेका हौं ।" विनोद उप्रेतीले नेप्लिज डायस्पोरासंग भने ।
यो कार्यक्रम हामी सबैको साझा कार्यक्रम हो । सबैजनाले मिलेर सफल बनाउने विश्वास पनि विनोद उप्रेतीको छ ।
माउण्ट एभरेष्ट र बुद्धको नामले जस्तै बिदेशमा नेपाली परिकारले पनि नेपाल चिनाएको छ । सेफ साहको उपस्थिती र प्रचार प्रसारले गर्दा नेपाली खाना र नेपालको नाम अझ माथी उठिरहेको छ । संसारभर चिनिएको छ ।
नेपाली वा विदेशी जो भएपनि यदि नेपाली खाना र परिकारमा रुची छ भने माष्टर सेफले बनाएको नेपाली परिकार खान पाउनु तपाईको जीवनको एक ऐतिहासिक दिन भने पक्कै हुनेछ ।
डिनर कार्यक्रममा सहभागी हुन चाहनेले पहिले नै टिकट किन्नु पर्नेछ ।
डिनरको टिकटबाट प्राप्त सबै रकम सन्तोष साहलाई जानेछ । साथै उक्त रकम मध्येको केही रकम मेरिल्याण्ड कै सामाजिक काममा हस्तान्तरण गरिने बताईएको छ । सेफ साहले यसरी प्राप्त रकमलाई सामाजिक काममा लगाउदै आएका छन् । प्रयोग हुने भेन्यु र परिकारका लागि आवश्यक सबै सामाग्री अनि ब्यवस्थापन खर्च क्र्याकपट रेष्टुरेण्टले गर्नेछ ।
क्र्याकपट रेष्टुरेण्टको ठेगाना यसप्रकार छ :
The Crackpot Restaurant, 8102 Loch Raven Blvd, Towson, MD.
सेफ सन्तोष साह यल युनिभर्सिटीको साउथ एशियन ककशले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन आउंदै छन् । कार्यक्रममा नायिका मनिषा कोईराला र डाक्टर सन्दुक रुईत पनि सहभागी हुनेछन् ।
यस युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थी निकिता पौडेलको पहलमा यो कार्यक्रम हुदैछ ।
