Logo

शनिवार, आश्विन ३ गते २०८३   |   2026 September 19

images

images

माडीचौरमा किवीको विरूवा रोपण कार्यक्रम सम्पन्न

माडीचौरमा किवीको विरूवा रोपण कार्यक्रम सम्पन्न

images
माडीचौरमा किवीको विरूवा रोपण कार्यक्रम सम्पन्न

पौष २८, माडीचौर, रोल्पा । 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को भातृ संगठन ग्रुप अफ एग्रीकल्चर एण्ड भेटेरीनरी स्टुडेण्ट्स (Group of agriculture and veterinary students (GAVS) ले आयोजनामा हरियो किवीको ब्रुनो जात (Actinidia deliciosa) को बिरुवा रोपण कार्यक्रम 

 कृषि समूहको निर्वतमान अध्यक्ष अमिषा पुन मगरको प्रमुख आतिथ्यता तथा कृषि समूहकै पूर्व अध्यक्ष ओमप्रकाश घर्ती मगरको विशेष आतिथ्यतामा एक समारोहका बीच यही पौष २८ गते सम्पन्न भएको छ ।

स्मरण रहोस् किवी फल नेपालको मध्य तथा उच्च पहाडी क्षेत्रको आरू, नास्पाती आरूबखडा जस्ता फलफूल हुने हावापानीमा सजिलैसँग खेती गर्न सकिन्छ ।

रोल्पा जिल्लाको माडीचौरको भौगोलिक परिवेश र जलवायुले किवी फलको खेतीको लागि चाहिने आवश्यकता पुरा गर्ने भएकाले अध्ययन तथा परिक्षण गर्ने हेतुले प्राकृतिक स्रोत व्यवस्थापन कलेजसँगको सहकार्यमा उक्त खेती सुरू गर्न लागिएको हो ।

 शिशिर आचार्यले चलाउनु भएको कार्यक्रममा अनेरास्ववियु (क्रान्तिकारी) का सचिव आशिष कँडेल लगायत अन्यले शुभकामना मन्तव्य दिनु भएको थियो ।

बिरुवा रोपणका लागि भौगोलिक छनौटका साथै १५ दिन अघि लगभग ३ फिट गहिरो र ३ फिट फराकिलो खाडल निर्माण गरी उक्त खाडलमा मल र माटोको मिस्रण गरी जमीनको सतहबाट करिब १ फीट माथी अग्लो बनाइ पहिले नै तयार गरेर राखिएको थियो । कार्यक्रममा 

सम्पूर्ण विद्यार्थी र केही स्थानीयको सहयोगमा ३०० वर्गमिटर क्षेत्रफलमा करिब १८/२० ओटा विरूवाको रोपण गरिएको थियो ।

किवी फलको भाले पोथी फरक फरक हुने भएकाले परागसेचन बढाउन प्रति ५ पोथीको लागि एउटा भाले बोट समेत लगाइएको थियो । 

कार्यक्रमको उद्घाटनमा विशेष र प्रमुख अतिथीद्वारा किवीको विरूवा रोपणका साथै सिंचाइ समेत गर्नुभएको थियो ।

समारोहको अन्त्यमा GAVSका अध्यक्ष  खेमराज रावतले रोल्पा माडीचौर क्षेत्रको कृषिको स्तरोन्नतिका लागि GAVS को तर्फबाट यस्ता अन्य उपलब्धीमूलक कार्यक्रमको आयोजना गर्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो ।

images
प्रकाशित मिति :माघ ५, २०८० शुक्रवार - २०:१६:५१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend