Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

अमेरिकी कंग्रेसमा नेपाली यूवा ह्यारी भण्डारीद्वारा उमेद्वारी घोषणा

अमेरिकी कंग्रेसमा नेपाली यूवा ह्यारी भण्डारीद्वारा उमेद्वारी घोषणा

सतीश चापागाईं

१७, माघ २०८०
images
अमेरिकी कंग्रेसमा नेपाली यूवा ह्यारी भण्डारीद्वारा उमेद्वारी घोषणा

अमेरिकामा नेपाली यूवा ह्यारी भण्डारीले अमेरिकी कंग्रेसमा उमेद्वारी दिने घोषणा गरेका छन् । 

मेरिल्याण्ड राज्यको २ नम्बर कंग्रेशनल डिष्ट्रिकबाट उनले उमेद्वारी दिने छन् । यहांका कंग्रेसम्यान डच रुपर्सबर्गले गत हप्ता मात्र आफूले पदबाट रिटायर्ड भएको घोषणा गरेका थिए ।

डेमोक्रेटिक पार्टीबाट विजयी भएका रुपर्सबर्गले रिटायर हुने घोषणा गरेलगत्तै सो पार्टीका नामुद नेताहरुले उक्त पदमा आफ्नो सपना बुन्न थालेका छन् ।

उमेद्वारी घोषणा गर्दै भण्डारीले आफूले नेपाली समुदायलाई धेरै सहयोग गरेको बताउदै यो समयमा समुदायबाट आफूले पनि सहयोग पाउने विश्वास व्यक्त गरेका छन् ।

नेपाली मूलका ह्यारी भण्डारीसंगै सोही पदमा बाल्टिमोर काउण्टिका काउण्टि एक्जुकेटिभ जोनी ओले पनि उमेद्वारीको घोषणा गरिसकेका छन् । 

ह्यारी भण्डारीले उमेद्वारी घोषणा गरेपछि अमेरिकाभरीका नेपालीहरुमा उत्साह थपिएको छ । भण्डारी अहिले मेरिल्याण्डको डिष्ट्रिक ८ बाट स्थानीय संसदमा सांसद छन् । यो उनको दोश्रो कार्यकाल हो । 

भण्डारीले कंग्रेसमा उठ्दै गर्दा उनको अहिलेको पदबाट राजिनामा गर्नुपर्दैन । जितेमा उनले अमेरिकी कंग्रेसमा प्रतिनिधित्व गर्नेछन् भने पराजित भएपनि उनको यो पद कायम नै रहने छ ।  

images
प्रकाशित मिति :माघ १७, २०८० बुधवार - २०:३७:०६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend