Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

हलिउडको सपना बुन्दैछन नेपाली यूवा आकाश देवकोटा

हलिउडको सपना बुन्दैछन नेपाली यूवा आकाश देवकोटा

सतीश चापागाईं

१८, माघ २०८०
images
हलिउडको  सपना बुन्दैछन नेपाली यूवा आकाश देवकोटा

मेरिल्याण्ड, अमेरिका ।


अमेरिकाको लस एन्जलसका नेपाली यूवा आकाश देवकोटाले अग्रेजी गीतमा आफ्नै सोलो म्युजिक भिडियो बनाएपछि चर्चा कमाएका छन् ।

 

काश्कीको चापाकोटमा मूल घर भई पोखरा १७ बिरौटामा हुर्किएका देवकोटाले अमेरिकी चर्चित गायक क्रिस ब्राउनको गीत फरबिडव(forbidden)मा अभिनय गरेका हुन् । उनले उक्त गीतको कभर भिडियो बनाएका हुन्। यो गीतको ओरिजिनल भिडियोमा झण्डै डेढ मिलियन भ्युज छ । 

 

IMG_5140.jpeg

 

रिदम एण्ड ब्लुस जनराको यो गीत आफूलाई धेरै मन पर्ने भएकोले यसैमा भिडियो बनाएको उनले बताए । भबिष्यमा फिल्म क्षेत्रमा काम गर्ने उद्देश्य भएकोले आफैले मोडेल भएर खेलेको पनि उनले बताए ।

 

यो गीतमा आकाशले मोडलका रुपमा मात्र काम गरेका छैनन, यसको कोरियोग्राफी पनि उनी आफैले गरेका हुन् । कलेजकै आफ्ना साथी रायन वेक्सलर(Ryan Wexler)ले यो भिडियोको निर्देशन गरेका हुन् । त्यस्तै ज्याक निल(Jack Neal) र मारियो एन्ड्रे(Mario Andera)ले भिडियोको सह निर्देशन गरेका हुन् ।

 

लस एन्जलसको चाईना टाउनमा तीन दिन लगाएर भिडियोको सुट गरिएको आकाश बताउछन् । उनी भन्छन, “तीनदिनको मेहेनतबाट एउटा राम्रो भिडियो बनाउन सकेकोमा म खुशी छु ।”

 

आकाशले र्यापर ब्याड बन्नी Bad Bonny र अर्का गायक Snoop Dog को भिडियोमा पनि काम गरिसकेका छन्। यसका अतिरिक्त उनले लस एन्जलस र वरपरका सहरहरुमा हुने विज्ञापन र कमर्सियल कार्यक्रमहरुमा मोडेलको रुपमा काम गर्दै पनि आईरहेका छन् ।

 

२२ बर्षका आकाश आफै पनि एक चर्चित कलाकारका  छोरा हुन् । उनका बुबा कृष्ण देवकोटा नेपालमा नाम कमाएका लोक तथा दोहोरी गायक हुन् । 

 

IMG_5139.jpeg

१६ बर्षको उमेरमा परिवारसंगै अमेरिका आएका आकाश अहिले यहां कम्प्युटर साईन्स पढ्छन् । आकाशले सानैदेखि संगीतमा रुची राख्ने र नाच्न अनि अभिनय गर्न मन पराउने गरेको उनका बुबा कृष्ण देबकोटा बताउंछन् ।

 

आकाशको चाहना र उद्देश्य भनेको हलिउडमा प्रवेश गर्ने र त्यहिं जम्ने रहेको छ । हलिउडको माहौल र उनको मेहनतबीच राम्रो तालमेल मिलोस । हाम्रो शुभकामना ! 

 

images
प्रकाशित मिति :माघ १८, २०८० बिहिवार - ०३:३९:३० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend