Logo

आइतवार, आश्विन ४ गते २०८३   |   2026 September 20

images

images

अमेरिकाको अस्पतालमा चल्नै नसक्ने छिन समिता, सहयोगको लागि एनआरएनको पहल

अमेरिकाको अस्पतालमा चल्नै नसक्ने छिन समिता, सहयोगको लागि एनआरएनको पहल

नेप्लिज डायस्पोरा

२६, चैत्र २०८०
images
अमेरिकाको अस्पतालमा चल्नै नसक्ने छिन समिता, सहयोगको लागि एनआरएनको पहल

भिजिटर भिसामा अमेरिका आएकी काठमाडौंकी समिता श्रेष्ठ आएको दुई दिन मै दुर्घटनामा परिन । श्रीमानसंगै अमेरिका घुम्न आएकी श्रेष्ठ अहिले उपचारका लागि अस्पतालको बेडमा सुतिरहेकी छिन । श्रीमान सुन्दर श्रेष्ठ उनलाई कुरेर बसेका छन् ।

 

अमेरिका आएको दुईदिन पछि राजधानी डिसी घुमेर सांझ न्यू योर्कका जानका लागि जादैगर्दा मेरिल्याण्डको लरेलमा गाडी दुर्घटना भएपछि समितालाई गम्भीर चोट लागेको हो । झण्डै एक हप्ता होस गुमाएकी समिताको होस खुलेको छ र बोल्नसम्म सक्ने भएकी छिन । 

 

तर  उनी हिडडुल गर्न भने नसक्ने भएकी छन् । उनलाई कुरेर बसेका श्रीमान सुन्दरका अनुसार समिताको कम्मरभन्दा मूनीको भाग चल्दैन । दिसा पिसाबको लागि पनि अरुको सहायता चाहिन्छ ।

 

मेरिल्याण्डको University of Capital region medical center मा समिताको उपचार भईरहेको छ ।

श्रीमान सुन्दर अहिले २४ सै घण्टा श्रीमतीको स्याहार सुसारमा खटिएका छन् । डाक्टरले समिताको उपचारका लागि छ महिनासम्मको समय लाग्न सक्ने बताएको छ । तर यो दम्पतिको अमेरिकामा न सम्पति छ न त नजिकका नातेदार र हितैषी साथीहरु नै । “शायद अर्को हप्ताबाट बाहिर बसेर थेरापीसहितको उपचार गर्नुपर्ने हुन्छ ।”सुन्दरले नेप्लिज डायस्पोरासंग भने, “अमेरिकामा मेर कोही छैन र केही छैन । कहिल्यै नजिनेका, नदेखेका र नबोलेका नेपालीहरुले शुरुका दिनदेखि सहयोग गर्नुभएको छ । म अति नै खुशी छु ।”

 

सुन्दरलाई अझै सहयोगको आवश्यकता छ । अमेरिकामा रहेका नेपालीहरुबाट थप सहयोग पाउनेमा उनी विश्वस्त पनि छन् । समिताको उपचारमा सहयोग होस भनेर एनआरएनए भर्जिनिया च्याप्टरले गोफण्ड मी एकाउण्ट खोलिदिएको छ । ५० हजार लक्ष्यसहित खोलिएको एकाउण्टमा ३५ हजार डलर संकलन भईसकेको छ । 

 

नेपालमा ६ बर्षका दुई जुम्ल्याहा छोराहरु परिवारलाई जिम्मा लगाएर हिडेका सुन्दर र समिताको जीवनमा आईपरेको यो जटिल समस्यामा अमेरिकामा रहेका नेपालीहरुबाट ससानो सहयोगको खांचो रहेको देखिन्छ । सहयोग गर्न चाहनेले तलको गो फण्डमी लिंकमा गएर सहयोग गर्न सक्नुहुनेछ। 

https://www.gofundme.com/f/jayatha-thakhatha-samacara-sahayagaka-apal-please-help?utm_campaign=p_cp+share-sheet&utm_medium=social&utm_source=facebook&utm_term=undefined

images
प्रकाशित मिति :चैत्र २६, २०८० सोमवार - २२:०४:५९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend