Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको सदस्यमा भण्डारी नियुक्त

जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको सदस्यमा भण्डारी नियुक्त

सतीश चापागाईं

२३, बैशाख २०८१
images
जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको सदस्यमा भण्डारी नियुक्त

काठमाडौं

 

जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको संचालक समिति सदस्यमा राम भण्डारी नियुक्त भएका छन् । हालै उपप्रधानमन्त्री स्तरको निर्णयबाट स्थापनाकालदेखीका संचालक समिति सदस्य रहेका राम भण्डारी संचालक समिति सदस्यमा नियुक्त भएका हुन् । 

 

उक्त अस्पतालको स्थापनाकालदेखि नै संस्थागत विकास र बिस्तारमा भण्डारीको अतूलनिय योगदान रहेको छ । यस अस्पताललाई तनहुँ जिल्लामा स्थापना गर्न  तथा अस्पतालको लागी सात सय रोपनी भन्दा बढि जग्गाको ब्यवस्थापन गर्न उनले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । 

उनले सेती गंगा सामुदायिक अस्पतालको भवन र त्यहाँका कर्मचारी ल्याएर १ सय बेडको अस्पताल संचालन गर्न समेत महत्वपुर्ण भूमिका खेलेको थिए । यसअघि पनि भण्डारी अस्पतालको आर्थिक तथा पुर्वाधार समितिको संयोजक भई अस्पतालको मास्टरप्लान बनाउनुका साथै डिपिआरको कार्य समेत अगाडी बढाएका थिए । 

 

अस्पतालको सेवा शुरुवात गर्नको लागी तत्कालिन सेति गंगा सामुदायिक अस्पतालको भवन  तथा त्यहाँका कर्मचारीलाई  हालको जिपी अस्पतालको मातहतमा ल्याई सेवा शुरु गर्नलाई निज भण्डारीले गरेको अथक प्रयास र सफलतालाई अस्पतालका कर्मचारीले मुक्तकण्ठले प्रशंसा गर्ने गरेका छन् । 

 

संयोजनकारी भूमिकामा अब्बल र हक्की स्वभावका भण्डारीलाई  हालै नेपाल सरकारले बोर्ड अफ डाईरेक्टरमा नियुक्त गरेपछि अस्पताल को निर्माण तथा सेवा बिस्तार हुनेमा कर्मचारी एवं तनहुँवासीहरु आशावादी रहेका छन् ।

 

अस्पतालको समितिको अध्यक्षमा स्वास्थ्य सेवाका १२ तहको कर्मचारी अध्यक्ष हुने ब्यवस्था रहेको छ भने तनहुँका प्रमुख जिल्ला अधिकारी ,अर्थ मन्त्रालयको प्रतिनिधि , स्वास्थ्य मन्त्रालयको प्रतिनिधि पदेन सदस्य रहने ब्यवस्था रहेको छ । सदस्य मध्ये चिकित्सक मध्येबाट एक जना, स्थानीय महिला र समाजसेवीबाट दुई जना सदस्य रहने ब्यवस्था रहेको छ । समितिको सदस्य सचिव कार्यकारी निर्देशक रहने ब्यवस्था रहेको छ ।

 

नेपाली राजनीतिका शिखरपुरुष तथा पूर्व प्रधानमन्त्री स्वर्गिय गिरीजाप्रसाद कोइरालाको नाममा स्थापना भएको सो अस्पतालले विशेषज्ञ डाक्टरबाट स्वास्थ्य सम्बन्धी उपचार सेवा दिइरहेको छ । अस्पतालमा श्वासप्रश्वास सम्बन्धी रोगमा क्षयरोग, निमोनिया, दम, फोक्सोको क्यान्सर सम्बन्धी रोगहरु समेत बिशेषज्ञ सेवा प्रदान गर्दै आइरहेको छ । पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको फोक्सोको क्यान्सरबाट निधन भएकोमा आगामी दिनमा यस्तो समस्याबाट जनताले ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले स्थापित यस उपचार केन्द्रलाई दक्षिण एसियाको अन्तराष्ट्रिय स्तरमा श्वासप्रश्वास उपचार केन्द्र बनाइने लक्ष्य सरकारको रहेको छ । अस्पतालले तनहुँ लमजुङ, गोर्खा, कास्की, स्याङ्जा लगायतका जिल्लाका विरामीहरुले सेवा पाएका छन् ।

images
प्रकाशित मिति :बैशाख २३, २०८१ आइतवार - १६:५६:५१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend