Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

राजदूत प्रा. खत्रीसँग अन्तरक्रिया

राजदूत प्रा. खत्रीसँग अन्तरक्रिया

सतीश चापागाईं

२३, बैशाख २०८१
images
राजदूत प्रा. खत्रीसँग अन्तरक्रिया

वासिङटन डीसी ।

विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ मा अमेरिकाको डीसी मट्रो क्षेत्रमा अवस्थित अमेरिकाका लागि नेपाली दूतावासको कार्यालयमा राजदूत प्रा. श्रीधर खत्रीसँग नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले अन्तरक्रिया गरेको छ । सो अन्तरक्रियामा राजदूत प्रा‍. खत्रीले दूतावासले आफ्नो स्रोत र साधनले भ्याएसम्म सेवा प्रवाहमा विशेष ध्यान दिइरहेको बताउनुभयो ।

अमेरिकामा रहेका समुदायले दूतावासप्रति शिविर सञ्चालन नगरेको भन्ने गुनासोको बारेमा पत्रकारहरूको तर्फबाट सोधिएको प्रश्नमा राजदूत प्रा. खत्रीले दूतावासमा पर्याप्त जनशक्तिको अभावले गर्दा समुदायको मागबमोजिम शिविर सञ्चालन गर्न नसकिएको स्वीकार गर्नुभयो । प्रा. खत्रीले अन्य राज्यमा दूतावासले शिविर सञ्चालनका बारेमा तयारी गरिरहेको बताउनुभयो । राजदूत प्रा. खत्रीले आफ्नो समस्याका बारेमा दूतावसमा इमेलमार्फत सम्पर्क गर्न आग्रह गर्नुभयो । यस्तै, राजदूत प्रा. खत्रीले नेजा र नेजामा आबद्ध पत्रकारहरूले नेपाल र नेपाली डायस्पोरालाई जोड्नका निम्नि खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै प्रवासमा रहेका व्यक्तिहरूले नेपालमा गरिरहेको सहयोगका सन्दर्भमा पनि रिपोर्टिङ गर्न आग्रह गर्नुभयो । 

सो अन्तरक्रियामा नेजाका संस्थापक अध्यक्ष गिरीश पोख्रेल, अध्यक्ष सुरज भण्डारी, उपाध्यक्ष सुजन पण्डित, महासचिव बाबुराम दाहाल, पश्चिम क्षेत्रीय संयोजक रोशन अधिकारी, डीसी मेट्रो संयोजक हरिमाया काफ्ले, नेजाको अनुशासन समिति संयोजक, आजीवन सदस्य एवं एनआरएनए अमेरिकाका मिडिया कोअर्डिनेटर सतीश चापागाईं, नेजा सदस्य सागर घिमिरेलगायतको टोली सहभागी थियो । सो अन्तरक्रियामा दूतावासको तर्फबाट इकोनोमिक काउन्सिलर युवराज पाण्डे र द्वित्तीय सचिव उत्तम घिमिरेको सहभागिता रहेको थियो ।

images
प्रकाशित मिति :बैशाख २३, २०८१ आइतवार - २३:०९:०१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend