Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

टेक्सासमा मारिएकी मुनाको संदिग्ध हत्यारा बबी सिंह पक्राउ

टेक्सासमा मारिएकी मुनाको संदिग्ध हत्यारा बबी सिंह पक्राउ

सतीश चापागाईं

१४, भाद्र २०८१
images
टेक्सासमा मारिएकी मुनाको संदिग्ध हत्यारा बबी सिंह पक्राउ

ह्युस्टन (टेक्सस) । सोमबार ह्युस्टनस्थित अपार्टमेण्टमा गोली लागेर मृतअवस्थामा फेला परेकी मुना पाण्डेको संदिग्ध हत्यारा पक्राउ परेका छन् ।

प्रहरीले बुधबार बिहान संदिग्ध हत्याराको फुटेज सार्वजनिक गरेपछि साँझ ती व्यक्ति पक्राउ परेका हुन् । बुधवार साँझ करिब आठ बजेतिर ट्राफिक स्टपेजमा ती व्यक्ति समातिएका हुन्। स्थानीय संचार माध्यमहरुमा जनाइए अनुसार भिडियो फुटेजमा देखिएका व्यक्तिका बारेमा प्रहरीलाई खबर प्राप्त भएपछि ती व्यक्तिलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

 

ह्युस्टन पुलिस डिपार्टमेण्टले सार्वजनिक गरेको ताजा विवरण (ह्युस्टन पुलिसको एक्स) संदिग्ध व्यक्ति  ५१ वर्षीय बबि सिंह साह भएको र नीज आरोपितलाई 26nd State District Court मा हत्याको आरोप सहित उपस्थित गराइएको ह्युस्टन पुलिसले जनाएको छ। मुना पाण्डे हत्याका सन्दर्भमा नेपाली समुदाय र स्थानीय संचार माध्यमहरुले पनि थप चासो दिइरहेकोले ह्युस्टन पुलिसले समेत यस घटनाको अपराधीलाई पक्राउ गर्न थप सक्रियता देखाएको घटना विवरणले देखाइरहेको छ। नीज आरोपित हत्याराले के कति कारणले गोली हानेर मुनाको हत्या गरेको हो भन्ने विवरणहरु भने सार्वजनिक भइसकेको छैन।

उनको हत्यारा पत्ता लगाउन ह्युस्टनको नेपाली समुदायका प्रतिनिधिहरु निरन्तर ह्युस्टन पुलिसको सम्पर्कमा रहेर काम गरिरहेका थिए। संभावित हत्यारा पक्राउ परेकोमा ह्युस्टनको नेपाली समुदायले खुसी व्यक्त गरेको छ। 

यसैबीच मुना पाण्डेको अन्तिम संस्कार लगायतका खर्च व्यवस्थापन र एकल महिलाका हैसियतमा दिवंगत मुनाकी एकमात्र अभिभावक  उनकी आमा अनिता पाण्डेको सहयोगार्थ रकम संकलन अभियान समेत शुरु भएको छ। सो सहयोग अभियानमा सबैले सकेको सहयोग गरिदिन ह्यस्टनमा रहेका सबै नेपाली समुदायका संस्थाहरु नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच), ग्रेटर ह्युस्टन नेप्लिज च्याम्वर अफ कमर्स, गुल्मी समाज, क्रियटिभ नेप्लिज सोसाइटी र नेप्लिज हेरिटेज यूनियनले अपील समेत गरेका छन्।

(हिमालयनखबर डटकमबाट।)

 

 

ह्युस्टनको अपार्टमेन्टमा गोली हानी मारिएकी २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको अन्त्येष्टिमा सहयोग लागि यहाँ थिच्नुहोला (गोफण्डमी एकाउण्ट)।

images
प्रकाशित मिति :भाद्र १४, २०८१ शुक्रवार - ०७:०२:११ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend