Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

सर्बसाधारणका गुनासो सुन्न ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ कार्यक्रम शुरु

सर्बसाधारणका गुनासो सुन्न ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ कार्यक्रम शुरु

सतीश चापागाईं

१४, भाद्र २०८१
images
सर्बसाधारणका गुनासो सुन्न ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ कार्यक्रम शुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सार्वजनिक स्थलमा पुग्ने ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम अन्तरगत शुक्रवार पहिलो दिन भक्तपुर दरवार स्क्वायरको पुग्नुभएको छ । 

IMG_9938.jpeg

राष्ट्रपति पौडेललाई भक्तपुर दरवार स्क्वायर पुग्नुहुँदा सांसदहरू, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख तथा सर्वसाधरणले स्वागत गर्नुभएको थियो । 

भक्तपुर दरबार स्क्वायरमा राष्ट्रपति पौडेलले सर्वसाधरणसंग सम्वाद समेत गर्नुभएको थियो । सो क्रममा सर्वसाधरणहरूले आम नागरिकको ठूलो बलिदानीबाट प्राप्त भएको गणतन्त्रको प्रतिफल नागरिकसम्म पुर्र्याउन अभिभावकका हैसियतले भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । सो क्रममा राष्ट्रपति पौडेलले आम नागरिकको ठूलो बलिदानीबाट प्राप्त भएको गणतन्त्रको प्रतिफल नागरिकहरूसम्म पुर्याउने राम्रा लागि आफूले  शासन सञ्चालन गर्ने नेताहरूको ध्यानाकर्षण गराउने बताउनुभएको थियो । 

IMG_9940.jpeg

राष्ट्रपति पौडेलसँग सर्वसाधरणहरूले सार्वजानिक सेवामा सहज पहुँच पुग्न नसकेको, महंगीको मार थेग्न नसक्ने अवस्थामा पुगेको गुनासो गर्नुभएको थियो । 

सो क्रममा भक्तपुर दरवार स्क्वायर क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरको दर्शन, भैरवनाथ मन्दिर दर्शन र राष्ट्रिय कला संग्राहलय निरिक्षण गर्नुभयो ।

 

IMG_9935.jpeg

images
प्रकाशित मिति :भाद्र १४, २०८१ शुक्रवार - १९:५८:१७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend