Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

मुनाको अन्त्यष्टि आज

मुनाको अन्त्यष्टि आज

सतीश चापागाईं

२४, भाद्र २०८१
images
मुनाको अन्त्यष्टि आज

 

ह्युस्टन (टेक्सस) । सोमबार ह्युस्टनस्थित अपार्टमेण्टमा गोली हानेर मारिएकी नेपाली विद्यार्थी  मुना पाण्डेको आज ह्युस्टनस्थित विनफोर्ड फ्यूनरल होम (8514 Tybor Dr, Houston, 77074) मा अपरान्ह ४ बजे हुने नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच) का प्रथम उपाध्यक्ष द्रोण गौतमले हिमालय खबरलाई जानकारी गराएकाछन्। 

 

गौतमले मुना हत्याकाण्ड पश्चात नेपाली समुदायका तर्फबाट मुनाका परिवार, स्थानीय प्रहरी, अनुसन्धान अधिकारी तथा स्थानीय एवं ह्युस्टन बाहिरका मिडियाहरुका जिज्ञासाहरुसंग सम्बन्धीत विषयमा आवश्यक सहयोग र समन्वय गरिरहेकाछन्।

 

मुनाको आमा अनिता अधिकारी पाण्डे समेत छोरीको अन्तिम बिदाईका लागि विहीवार नै ह्युस्टन आइसकेको जानकारी हिमालय खबरलाई प्राप्त भएको छ। 

 

फ्यूनरलको समन्वय ह्युस्टनका नेपालीहरुको संस्था एनएएचले गरिरहेको छ। एनएएचसंग कै समन्वयमा मुनाको परिवारको सहयोग एवं फ्यूनरल खर्चका लागि शुरु भएको गोफण्डमि अभियानमा अहिलेसम्म ३८ हजार डलर भन्दा बढी सङ्कलन भइसकेको छ। अन्तिम संस्कार लगायतको खर्च बाहेकको सबै संचित रकम मुनाको आमालाई हस्तान्तरण गरिने गौतमले हिमालय खबरलाई बताएकाछन्। 

 

अनुसन्धानबाट प्राप्त प्रमाणहरुका आधारमा समातिएका मुनाको हत्याकाण्डमा आरोपित बबी सिंह भने हाल ह्यारिस काउण्टी जेलमा छन्।

स्रोत: हिमालयनखबर डटकम

images
प्रकाशित मिति :भाद्र २४, २०८१ सोमवार - २०:३२:०९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend