क्यालिफोर्निया
सान फ्रान्सिस्को बे एरियामा रहेको राप्ति समाज अमरिका को आयोजनामा " विजया दशमी तथा तिहारको अवशरमा शुभकामना भेटघाट सांगीतिक साँझ - २०२४ " को कार्यक्रम हुने भएको छ। नेपालीहरुको महान चाड बडा दशैं र तिहारको अवसर पारेर आयोजना गरिएको कार्यक्रम, यही आउदो अक्टोबर २७ तारिख आइतबार साँझ Roccapulco 3140 Mission St, San Francisco, CA 94110 मा हुदैछ।
कार्यक्रम आयोजक संस्था यतिबेला कार्यक्रमको अन्तिम तयारिमा जुटिरहेको छ। नेपालीहरुको धर्म, संस्कृति, परम्परा, रितिरिवाज, नेपालीपन र नेपाली पहिचानको संरक्षण, संवर्धन र प्रवर्धन गर्ने, शुभकामना आदानप्रदान गर्दै आपसमा भाइचाराको सम्बन्धलाई गाढा बनाउने र सांगीतिक माहोलमा रमाउदै महान चाड हर्षोल्लासका साथ मनाउने मुख्य उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष सुरेश हमालले जानकारी दिए।
राप्ति समाज अमेरिकाले उच्च प्राथमिकता दिएर आयोजना गरेको उक्त विशेष कार्यक्रम, नेपाली समुदायका निम्ति अत्यन्तै महत्वपूर्ण रहेको बताउदै कार्यक्रममा सहभागी भइ भब्य र सभ्य रुपमा सफल गराउन उपस्थितिको लागी हामी सबैलाई हार्दिक निमन्त्रणा गरेको छ । साथै यो कार्यक्रम सफतलाको लागी बे-एरियामा रहनुभएका सम्पुर्ण सङ्घ सस्थामा आबद्व अग्रज नेतृत्व, सामाजिक ब्यक्ति, पेशा ब्यबसायमा स्थापित ब्यक्तित्व लगायत आम नेपाली समुदायको साथ रहने कुरामा पनि अपेक्षा गरेका छ ।
राप्ति समाज अमेरिकाले सबैलाई चुले निम्तो दिदै उनले भने, ‘यो संस्था र समुदायका लागि अत्यन्त महत्वपूर्ण कार्यक्रम हो। त्यसैले, सपरिवार कार्यक्रममा सहभागी भइदिनुहुन संस्थाको तर्फबाट चुले निम्तो दिन चाहन्छु।’ धार्मिक, सांस्कृतिक, परम्परा, रितिरिवाज, पहिचान तथा मनोरञ्जनका दृष्टिकोणले महत्वपूर्ण रहेको कार्यक्रममा सहभागिता जनाउने अवसरबाट नचुक्न उनले सबैलाई अनुरोध गरेका छन्।
संस्थाका उपाध्यक्ष गोबिन्द चलाउनेले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। उनले भने, ‘हामी अहिले कार्यक्रमको तयारीमा जुटिरहेका छौं। तयारी लगभग अन्तिम चरणमा पुगिसकेको छ।’ उपाध्यक्ष गोबिन्द चलाउनेका अनुसार उक्त ‘विजया दशमी तथा तिहारको अवशरमा शुभकामना भेटघाट सांगीतिक साँझ - २०२४ ' कार्यक्रम जसमा चर्चित कलाकार प्रमोद खरेल अन्जु पन्त र स्थानीय कलाकार हरुले आफ्नो सांगीतिक कोसेलीहरु प्रस्तुत गर्ने छन्।
राप्ति समाज अमेरिकाले कार्यक्रम सफल बनाउन आवश्यक साथ सहयोगका लागि संस्थाको तर्फबाट सबैलाई अनुरोध गर्दै नेपाली चाड पर्वहरुको शुभकामनासमेत व्यक्त गरेको छ । संस्थाको गरिमा र पहिचान गर्न प्राथमिकताका साथ यस वर्ष कार्यक्रम गर्न लागेको हो ।