Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

कालजयी गीतहरु सुनाउने 'नभुलिने धुनहरू' कार्यक्रम बाल्टिमोरमा हुने

कालजयी गीतहरु सुनाउने 'नभुलिने धुनहरू' कार्यक्रम बाल्टिमोरमा हुने

सतीश चापागाईं

२४, आश्विन २०८१
images
कालजयी गीतहरु सुनाउने 'नभुलिने धुनहरू' कार्यक्रम बाल्टिमोरमा हुने

नेपाली कालजयी गीतहरुले गाउने र सुनाउने सांझ अमेरिकाको बाल्टिमोरमा हुने भएको छ ।

'नभुलिने धुनहरू' नामको यो कार्यक्रमको पहिलो श्रृंखला यहि अक्टोबर २६ मा हुने आयोजकले बताएका छन् । 

"हामीहरु एक नितान्त पृथक सांगीतिक सांझको आयोजना गर्दैछौं । हामीहरु संगीतलाई मनमा र मनलाई संगीतमा घुलन गराउन खोज्दैछौं ।" आयोजक मध्येका एक बसन्त घिमिरेले नेप्लिज डायस्पोरासंग भन्नुभयो ।

कार्यक्रममा नेपाली साङ्गितक ईतिहासका अजर अमर गित सङ्गितहरूका स्रोत स्वरसम्राट नारायण गोपाल, भजन शिरोमणि भक्तराज आचार्य, फ्त्तेमानराज भण्डारी, गोपाल योञ्जन लगाएका अमर कलाकारहरूका गित सङ्गितहरू प्रस्तुत हुने जानकारी आयोजकले दिएका छन्।

कार्यम्रममा ६ जना युवा सङ्गीतका साधकहरूले Live music/Vocal सहित उल्लेखित कलाकारहरूका कालजयी गीतहरू र उक्त गीतभित्र लुकेका कथाहरू प्रस्तुत गर्नेछन् ।  

"कार्यक्रमको उद्देश्य नयाँ पुस्तालाई नेपाली कालझै गितहरू सङ्ग परिचित गराउनुका हो । साथै ती विख्यात कलाकारको योगदानलाई सम्झना र सम्मान गर्नु पनि हो ।" कार्यक्रमका परिकल्पनाकार तथा गायक कुशल पोखरेलले भन्नुभयो ।

images
प्रकाशित मिति :आश्विन २४, २०८१ बिहिवार - ००:०५:५० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend