बाल्टिमोर, अमेरिका
अक्टोबर २४, २०२४
। अन्तराष्ट्रिय नेपाली कलाकार समाज अमेरिकाको मेरिल्याण्ड शाखा ले बाल्टिमोरमा किड्स ट्यालेन्ट शो सम्पन्न गरेको छ । शो को संयोजन गरेकी गायिका शान्ति भण्डारी र ईनास मेरिल्याण्ड कार्यक्रम भव्य रुपमा सम्पन्न भएको जानकारी दिईन ।
१७ वर्ष मुनिका बालबालिकालाई अतिथि बनाएर गरिएको कार्यक्रमको शैली धेरैले मन पराएका थिए ।
शो’मा २६ बालबालिकाले भाग लिए ।
प्रतियोगितामा असुना छन्त्याल पहिलो, कृपा ढकाल दोस्रो र सिर्जिता तामाङ तेस्रो भएका थिए । निर्णायकमा फिल्म निर्देशक तथा इनास अमेरिकाका प्रवक्ता गोपालचन्द्र लामिछाने, ओकिली ब्याण्डका गायक सृजन ताम्राकार, अभिनेत्री सारंगा श्रेष्ठ, अरूणिमा लम्साल, उषा पौडेल, अभिनेता विमलेश अधिकारी, गायिका सरिश्मा अमात्य, गायक संजीव प्रधान, संगीतकार कमल सौरभ थिए ।
प्रमुख अतिथिमा इनास मेरिल्याण्डका सल्लाहकार, समाजसेवी तथा प्रमुख प्रायोजक अमर छन्त्याल थिए । सहप्रयोजक इन्द्र थापा पनि सहभागि थिए ।
सो अवसरमा वार्षिक सांस्कृतिक कार्यक्रम पनि भएको थियो । कार्यक्रममा लोकप्रिय गायकगायिकाले गीत र नृत्य प्रस्तुत गरेका थिए ।
कमल सौराग, प्रवेश पौडेल, श्याम गुरुङ, कन्हैयासिंह परियार, अञ्जना गुरुङ, आभा मुकारुङ, याम क्षेत्री, शान्ति भण्डारी, कल्पना देवकोटा, लक्ष्मण पौडेल, राजु ढुंगेल, उदय भट्टराई, राजेश खड्गी, अमृत रामदाम, स्वरुपा रसाइली, खिम मस्रांगी, सुजन रामदाम, माधवी भण्डारी, रुबी पौडेल, रमेश परियार, रमेश सुनुवार, विराज रामदाम लगायतले प्रस्तुति दिएका थिए ।
कार्यक्रममा इनास अमेरिकाका अध्यक्ष तथा अभिनेता राहुल केसी, इनास उत्तर अमेरिकाका क्षेत्रीय संयोजक कन्हैयासिंह परियार, इनास अमेरिकाका उपाध्यक्ष विकास घलेको पनि उपस्थिती थियो । कार्यक्रम इनास मेरिल्याण्डका महासचिव सज्जन बोहरा र मिस नेपाल नर्थ अमेरिकाका फस्ट रनरअप रुबी पौडेलले संचालन गरेका थिए । संस्थाले पुरस्कृत र सहभागि भएका बालबालिका र दातालाई समेटेर धन्यवाद कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।