बाल्टिमोर मेरिल्याण्ड –
मेरिल्याण्ड नेप्लिज ब्याडमिन्टन क्लब (MNBC) ले पहिलो पटक ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। नेपाली नयाँ वर्ष २०८२ को अवसरमा आयोजना गरिने यो ऐतिहासिक प्रतियोगिता २०२५ अप्रिल १२ मा क्यापिटल ब्याडमिन्टन एकेडेमी, कोलम्बिया, मेरिल्याण्ड मा बिहान ८:०० बजे देखि बेलुका ५:०० बजे सम्म हुने जानकारी क्लबका सहल्लाकर मिलन बुढाथोकी दिनु भयो।
यो प्रतियोगिताले नेपाली मूलका खेलाडीहरू लाई एकसाथ ल्याई खेलकुदको माध्यमबाट मित्रता, खेलभावना, र संस्कृतिक ऐक्यबद्धता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। प्रतियोगिता पुरुष ओपन डबल्स (Open Men’s Doubles) विधामा हुनेछ, जसमा नेपाली मूलका खेलाडीहरू मात्र प्रतिस्पर्धा गर्नेछन्।
पुरस्कार
प्रतियोगिताका विजेताहरूले नगद पुरस्कार र ट्रफीहरू जित्नेछन्:
🏆 पहिलो पुरस्कार: $2000.00 + ट्रफी (शीर्षक प्रायोजन उपलब्ध छ)
🥈 दोस्रो पुरस्कार: $1000.00 + ट्रफी (निक अधिकारी, बाल्टिमोर बिजनेस ब्रोकरेज द्वारा प्रायोजित)
दर्ता खुला छ!
प्रतियोगितामा सहभागी हुन चाहने नेपाली मूलका खेलाडीहरूले अहिले नै दर्ता गर्न सक्नेछन्। सम्पर्क गर्नका लागि:
📞 कुल बहादुर रोका (अध्यक्ष, MNBC) – 443-653-8236
🌐 MNBC फेसबुक पेज: यहाँ क्लिक गर्नुहोस्
प्रायोजन र सहयोगका अवसरहरू!
आयोजक समिति पहिलो पुरस्कारको शीर्षक प्रायोजक खोजिरहेको छ। यस कार्यक्रमलाई सफल र प्रभावकारी बनाउन, आर्थिक वा व्यवस्थापन सहयोग प्रदान गर्न इच्छुक हरुलाई एस क्लबले हर्धिक आमन्त्रण गरेको छ। यदि तपाईं व्यक्ति, संस्था, वा व्यवसायका रूपमा सहयोग गर्न इच्छुक हुनुहुन्छ भने, कृपया निम्न व्यक्तिहरूसँग सम्पर्क गर्नुहोस्।
📞 जगत घिमिरे – 443-640-8799
📞 सुदर्शन पौडेल – 443-846-7018
सबै प्रकारका प्रायोजनहरू क्लबको फेसबुक पेजमा प्रस्तुत गरिने एस कलब ले जानकारी गराएको छ।
यस ऐतिहासिक प्रतियोगिताले रोमाञ्चक प्रतिस्पर्धा, समुदायको संलग्नता, र नेपाली नयाँ वर्षको उत्साह बोकेको छ। त्यसैले अमेरिका बसी सम्पूर्ण नेपाली मूलका ब्याडमिन्टन खेलाडीहरूलाई सहभागिताका एस कलबले आवान गरेको छ।