Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष विकास उप्रेतीद्वारा राजीनामा घोषणा

एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष विकास उप्रेतीद्वारा राजीनामा घोषणा

सतीश चापागाईं

२३, आषाढ २०८२
images
एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष विकास उप्रेतीद्वारा राजीनामा घोषणा

एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष विकास उप्रेतीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

उनले आज जुलाई ७ तारिखका दिन विहान आफ्नो सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेखेर उक्त घोषणा गरेका हुन् । 

उप्रेतीले संस्थाका कतिपय कुरामा "आफू निर्णय गर्न सक्ने अवस्थामा नभयको कारण कुनै परिबर्तन गर्न असफल भयको स्विकार्न चाहान्छु. " भनेका छन् ।

 

उनले लेखेका छन् , "यधपी हामी धेरै साथीहरुले  यो खबरदारी गर्दै आयको जानकारी पनि गराउन चाहन्छु ।"

 

"संस्थाको महासचिब गुटको प्रतिनिधी बाहेक अरु कुनै जिम्मेवारी नै नभय जस्तो गरि गैर जिम्मेवार भयेर बस्ने , महासचिब अध्यक्षभन्दा माथी गयेर निर्णयहरु गर्दै हिन्ने गरेको" उनले आरोप लगाएका छन् । 

 

"अध्यक्ष ज्यु गम्भिर भयेर सहि निर्णय गर्न नसक्नु र गरेको निर्णयमा कार्यान्वयन गर्न नसक्नु अहिलेको परिस्थिति आयको भन्ने मेरो बुआई छ ।" उनले लेखेका छन् ।

 

उप्रेतीको राजीनामापछि एनआरएनए अमेरिकाको आसन्न निर्वाचन थप रोचक बनेको छ। अध्यक्ष पदमा उठ्ने गरिरहेका उप्रेतीले आफ्नो पोष्टमा यसबारेमा स्पष्ट रुपमा केही खुलाएका छैनन । तर विश्वास लाग्ने निर्वाचन प्रक्रिया भए आफू संस्थालाई उचाईमा लैजान सक्ने भन्दै आगामी निर्वाचनमा उठ्न सक्ने कुरातर्फ संकेत गरेका छन् ।

 

कतिपयले 'उनको यो राजीनामा आगामी निर्वाचनका लागि तयारी हो' भनेका छन् । 

 

विकास उप्रेतीसंग नेप्लिज डायस्पोराका प्रधान सम्पादक

सतीश चापागाईले फेसबुकमा सम्पर्क गर्न खोज्दा सम्पर्क भएन ।

उप्रेतीले पोष्ट गरेको स्टाटस जस्ताको तस्तैः

 

सम्पुर्ण अमेरिका बासी दाजु भाइ दिदी बहिनी हरुप्रती हार्दिक नमन !

तपाईं हामी सबैको सझा संस्था NRNA विभिन्न गुट उपगुट , राजनैतिक  हस्तछेपका कारण सन्स्थाको साख गिरेको हामी सबै माझ लुकेको छैन, हार स्विकार्न नसक्ने, बिधान र कानुनमा  बिस्वाश नगर्ने विभिन्न बहानामा निर्वाचन पकृयामा जान नचाहाने र नेताहर्को शरणमा गयेर टीका थाप्ने संस्कारको कारण अहिलेको अवस्था आयको हामी सबै लाई थाहा नै छ. हामी NCC मा पनि ICC को गुट उपगुट , गुटको नेताको आदेश अन्नुसार चल्ने, संस्था लाई सधै विवादको घेरा भन्दा बाहिर निस्किन नदिने, विभिन्न बहानामा चुनाब लाई प्रभाबित पार्ने काम निरन्तर भैराखेको हामिले प्रत्यक्ष देखेका छौ, अरुलाई आधार बिहिन आरोप लाउने र आफू गुटको निर्देशन अनुसार परिचालित हुने र आफ्मै साथी हरु बिच भ्रम फैलाउने , सद्स्यता जस्तो गम्भीर बिषय लाई पनि विभिन्न सर्त हरु राखेर मान्छु मान्दिन भनेर समय खेर फाल्ने काममा निरन्तर लाग्ने, येस्ता गतिबिधी हरु देख्दा देख्दै पनि अध्यक्ष ज्यु गम्भिर भयेर सहि निर्णय गर्न नसक्नु र गरेको निर्णय मा कार्यान्वयन गर्न नसक्नु अहिलेको परिस्थिति आयको भन्ने मेरो बुआई छ .संस्थाको महासचिब गुटको प्रतिमिधी बाहेक अरु कुनै जिम्मेवारी नै नभय जस्तो गरि गैर जिम्मेवार भयेर बस्ने , महासचिब अध्यक्ष भन्दा माथी गयेर निर्णय हरु गर्दै हिन्ने, यधपी हामी धेरै साथी हरुले  यो खबरदारी गर्दै आयको जानकारी पनि गराउन चाहन्छु , आफू निर्णय गर्न सक्ने अवस्थामा नभयको कारण कुनै परिबर्तन गर्न असफल भयको स्विकार्न चाहान्छु. तर जे भय पनि दुई बर्श अगाडी तपाईं हरु समक्ष विभिन्न बाचा हरु गर्दै dr Arjun banjade को नेतृत्वमा तपाईं हरु समक्ष आयौ र बिस्वाश पनि गर्नु भयो तर हामिले तपाईं हरुले गर्नुभयको बिस्वाश अनुसार काम गर्न सकेनौ, अहिले अध्यक्ष र महासचिबको गैर जिम्मेवारीका कारण समयमा चुनाब सम्म गराउन नसक्ने परिस्थिति सृजना भयको छ, एकथरी साथी हरु यथार्थता लाई एकातिर पन्सायर  जथाभावी , ICC r ICC केही पशाधिकारी माथी ब्यक्तिगत स्तरमा उत्रेर आरोप प्रत्यारोपमा समाजिक संजालमा छाउनु भाको छ, म साथी हरु लाई आग्रह गर्न चाहान्छु सम्स्था लाई शिरमा राखेर केही समय गुट लाई एकातिर थन्क्यायर सोच्नुस गलत र सहि आफै थाहा पाउनु हुन्छ, आफू हुँदा सबै ठिक अरु  भय बर्बादनै हुने भम्मे मानसिकता बाट बाहिर निस्किनुस अनि  नेतृत्व लिनुस र संस्था हाक्नुस मेरो सधै सहयोग रहने छ. यधपी यी सबै कुरा हरु गरिराख्दा म आफ्नो जिम्मेवारी बाट पनि पन्सिन खोजेको हैन  म जिम्मेवार पधाधिकारीको हैसियतले आफ्नो प्रयास हरु ईमानदार साथ निभाउन प्रयाश गरे तर सफल हुन सकिन, कार्य समितीले चुनाब समयमा गराउन नसक्ने ठहर गर्दै म आफू नैतिक जिम्मेवारी लिदै आफ्नो पद बाट राजिनामा दियको जानकारी गराउन चाहान्छु . तपाईं हरुले म प्रती गर्नु भयको साथ सहयोगको लागि आभारी छु, येस्तै सहयोगको उपेक्षा आगामी दिनमा पनि रहन्छ भन्ने बिस्वाश रहेको छ, काम गर्दै जादा कहि कतै बोल्दा , बिबाद भय होला , येदि मैले तपाईं हरु कुनै चोट पुरयायको भय म भित्र मन देखि नै माफी चाहान्छु. आजको दिन पछि पनि म संस्थामा  निरन्तर सकृय रहनेछु, अझै पनि विधि बिधान अनुसार हुने निर्वाचन वा  संस्थाले पुर्ण  बिश्वास गरेको खण्डमा यो सन्स्था लाई उचाईमा पुर्याउन सक्छु भन्ने आत्मबिस्वाश रहेको पनि अवगत गराउन चहान्छु.

फेरि पनि तपाईं हरु सबै लाई धन्यवाद 🙏🙏

तपाईं हरुको

बिकाश उप्रेति

NRNA NCC USA

images
प्रकाशित मिति :आषाढ २३, २०८२ सोमवार - २२:४६:१८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend