Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

कहाँ चुके गगन ? अच्युत सिग्देल

कहाँ चुके गगन ? अच्युत सिग्देल

नेप्लिज डायस्पोरा

२८, फाल्गुण २०८२
images
कहाँ चुके गगन ? अच्युत सिग्देल

१. संसदमा विपक्षी सांसदको हैसियतले Rabi Lamichhane विरुद्ध कारबाही माग्नु र प्रमाण देखाउनु संसदीय कर्तव्य नै हो। तर मानव अधिकार उल्लंघन भयो कि भएन ? रातारात जेल परिवर्तन गरिदा गगन किन बोलेनन् भन्ने चाही ठूलो रोषको विषय बन्यो।

गरेकै अपराधमा पनि रविले नगरेको भनेर सहानुभूती पाए। नगरेको बाख्रा अपराधको अफवाहमा गगनले ट्रोल खाए। समयमा यो चिर्न नसक्नु गगनको ठूलो कमजोरी रह्यो।

 

गगन जतिको मान्छेले स्पष्ट पार्ने सक्नु पर्थ्यो। सबै भन्दा ट्रोल भएको विषयलाई अलि बढि ध्यान दिनु पर्थ्यो। 

 

२. घोषणा पत्रमा ढिलाइ

निर्वाचन घोषणापत्र कुनै पनि पार्टीको वैचारिक मार्गचित्र हो। तर Rastriya Swatantra Party भन्दा ढिलो र कमजोर प्रस्तुतीको  घोषणापत्र आउनु कांग्रेस नेतृत्वको तयारीको कमी जस्तो देखियो। यसले गगनको नीतिगत नेतृत्व र तयारी बारे प्रश्न उठायो।

 

३. प्रतिस्पर्धी दलको गल्तीमा स्पष्ट आक्रमण नगर्नु

राजनीतिमा फरक देखिनु महत्त्वपूर्ण हुन्छ। Sher Bahadur Deuba र K P Sharma Oli वा नयाँ दलहरूको गल्तीमा कडा र खुल्ला आलोचना नगर्नु गगनको कमजोरी मानियो।विकल्पको राजनीतिमा अब्बल सम्भावना र परिवर्तन देखाउन नसक्दा जनताले धेरै फरक महसुस गर्न सकेनन्।

 

४. गगनले युवाहरूको Gen-Z आन्दोलन प्रति सहानुभूति देखाए, तर त्यसलाई आफ्नो राजनीतिक अभियानको केन्द्र बनाउन सकेनन्। युवा नेतृत्वको कुरा गर्दा पनि Gen-Z लाई टिकट दिन नसक्नु विरोधाभास जस्तो देखियो।

 

५. आन्दोलनका पीडितसँग भावनात्मक सम्बन्ध नबनाउनु

राजनीतिमा सहानुभूति ठूलो शक्ति हो। आन्दोलनमा घाइते वा मृत्यु भएका व्यक्तिहरूका परिवारसँग प्रत्यक्ष भेट गर्न नसक्नुले भावनात्मक नेतृत्वको अवसर गुमायो।

 

६. निर्वाचन क्षेत्रको रणनीतिक गल्ती

चुनावमा सही क्षेत्र चयन पनि रणनीति हो। विश्लेषकहरूका अनुसार गगनले सानो र कम जनसंख्या भएको क्षेत्र रोजेको भए जोखिम कम हुन सक्थ्यो।

उनीसँग अन्य सात विकल्पहरू भए पनि त्यो रणनीतिक निर्णय लिदा गगनले गलत निर्वाचन क्षेत्र चुने। 

 

७. पार्टी नेतृत्वमा पुगेपछि गगनबाट छिटो राजनीतिक उर्जा आउने अपेक्षा थियो। तर  उनका शुभ चिन्तक —जस्तै Bishal Bhandari ले समेत उल्लेख गरेझैं—नेतृत्व सम्हालेपछि केही समय उनी असमञ्जसमा देखिए।

चुनावी माहोल तताउन ढिलाइ भयो।

 

८ गगनको चुनावी शैली सभ्य र संयमित अपनाय तर नेपाली राजनीतिमा स्पष्ट र लाउड आवाज आवश्यक हुन्छ। उदाहरणका लागि Harka Sampang Rai जस्तो स्पष्ट र आक्रामक शैलीले जनताको ध्यान छिटो तान्छ। गगनको “गाली नगर्ने” रणनीति कतिपयलाई ढुलमुलपन जस्तो लाग्यो।

 

९. पुरानो शक्ति समूहसँग कठोर हुन नसक्नु

पार्टीभित्र अझै पनि राजावादी सोच वा पुरानो शैलीको राजनीति गर्ने समूह निष्कृय रहे। गगनले नेतृत्व लिँदै गर्दा त्यस समूहप्रति पर्याप्त कठोरता देखाउन सकेनन् जस्ले ठूलो समुह भोट हाल्न गएनन्। 

 

१०. टेलिभिजन अन्तर्वार्तामा कमजोर प्रस्तुति

टेलिभिजन संवाद राजनीतिक नेतृत्वको ठूलो मंच हो। पत्रकार Suraj Singh Thakuri सँगको अन्तर्वार्तामा गगनको प्रस्तुति अपेक्षाभन्दा कमजोर देखिएको टिप्पणी भयो।बिबिसीको अन्तरवार्तामा गगन स्पष्ट थिएनन्। 

 

११. आर्थिक नीतिमा स्पष्ट बोल्न नसक्नु

राजनीतिमा आर्थिक पारदर्शिता महत्वपूर्ण हुन्छ। SherBahadur Deuba र Dipak Khadka सँग जोडिएका पैसासम्बन्धी विषयहरू राष्ट्र बैंकको नीतिविपरीत छन् भनेर गगनले खुला रूपमा बोल्न सक्नु पर्थ्यो। 

१२ः पार्टी नेतृत्व लिन ढिलाईः 

जब नेपालमा बैकल्पिक राजनीतिको आवस्यकता पर्यो। माओवादी- एमाले मिलन पश्चात। धेरैलाई लागेको थियो गगन- विश्व र योगश- रामकुमारीहरू मिलेर बैकल्पिक नेतृत्वको यूवा राजनीतिक पार्र्ट्री बनाउने छन्। तर यो हुन सकेन, जब बालेनहरू उदाए तब रबीले पुराना पार्टीका क्रिम यूवा लिएर पार्टी खोले।राजनीतिमा चौथो र पाचौ पुस्ता आकर्षण हुन थाल्यो। बालेनको राजनीतिक ईन्ट्रीले राजनीतिले नछोएका धेरै यूवा मानिसहरूलाई राजनीतिको मूलधारमा प्रतिस्थापन गरिदियो। जसले गगन थापा जस्ता वोल्ड स्कूलिङ राजनीति गर्ने व्यक्तित्वहरू छायांमा पर्ने थाले।

images
प्रकाशित मिति :फाल्गुण २८, २०८२ बिहिवार - २०:०१:०९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend