काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संसद अधिवेशन बोलाएका छन्। राष्ट्रपति पौडेलले वैशाख २८ गते दिउँसाे २ बजेका लागि संसद अधिवेशन आह्वान गरेका हुन्।
आज मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन बोलाउन सिफारिस गरेसँगै राष्ट्रपतिले आह्वान गरेका हुन्।