माधव पन्त नेपाली कम्युनिस्ट पार्टीबाट कञ्चनपुर क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस भएका छन् । उनी एक ऊर्जाशील, अध्ययनशील र अनुभवी युवा नेता हुन्।
शुक्लाफाँटा नगरपालिका–५, कञ्चनपुर स्थायी ठेगाना भएका ३८ वर्षीय पन्त हाल त्रिभुवन विश्वविद्यालयबाट कूटनीतिक इतिहासमा विद्यावारिधि (पीएच.डी.) अध्ययनरत छन्। उनले अंग्रेजी विषयमा एमफिल, राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुन विषयमा एल.एल.बी. उपाधि हासिल गरेका छन्।
युवा आन्दोलन, राजनीतिक शिक्षा, विज्ञान–प्रविधि, मानवअधिकार, लोकतन्त्र, सामाजिक न्याय, भू–राजनीति, विश्व अर्थतन्त्र र अन्तर्राष्ट्रिय राजनीतिक शिक्षासम्बन्धी दर्जनौँ गोष्ठी, सेमिनार तथा सम्मेलनमा सहभागी हुँदै उनले संयुक्त राज्य अमेरिका, चीन, भारत, रुस, ब्राजिल, कोलम्बिया, क्युबा, भेनेजुएला, दक्षिण अफ्रिका, लेबनान, अजरबैजान, टर्की, संयुक्त अरब इमिरेट्स, कतारलगायत विभिन्न देशहरूको अनुभव संकलन गरेका छन्।
हाल उनी नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य पन्त पहिले नेकपा (एकीकृत समाजवादी) कञ्चनपुरका सह–इन्चार्जको जिम्मेवारीमा थिए। वि.सं. २०५९ मा कक्षा १० मा अध्ययनरत रहँदा कृष्ण माध्यमिक विद्यालयबाट अनेरास्ववियू प्रारम्भिक कमिटी अध्यक्षको जिम्मेवारी सम्हाल्दै राजनीतिक यात्रा सुरु गरेका पन्त २०६२ मा सिद्धनाथ बहुमुखी क्याम्पसमा स्ववियू उपसभापति निर्वाचित भए भने २०६४ मा स्ववियू सभापतिका उम्मेदवार बने।
त्यसपछि २०६५ मा अनेरास्ववियू जिल्ला अध्यक्ष (कञ्चनपुर), त्रिभुवन विश्वविद्यालयमा अनेरास्ववियूको नेतृत्व तथा अनेरास्ववियू केन्द्रीय कमिटी उपाध्यक्षसम्मको जिम्मेवारी निर्वाह गर्दै उनी निरन्तर विद्यार्थी र जनआन्दोलनमा सक्रिय रहँदै आएका छन्।
राष्ट्रीय अन्तरराष्ट्रीय विश्वविद्यालयमा अन्तराष्ट्रीय सम्वन्ध र विदेश नितिका गेष्ट लेक्चरर पन्त दर्जनौ युथ नेटवर्क र राजनितिक एवं शैक्षिक अन्तराष्टिय संगठनको नेतृत्वदायी भुमिका निर्वाह गर्दै गरेका पन्त अन्तराष्ट्रीय राजनितिका जानकार, अध्ययनशील एवं शालीन युवा राजनीतिज्ञको छवि वनाएका युवाहरूको मन पर्ने यवा नेतृत्वको रूपमा उदाएका सुदुरका एक आशाको दीप मानिन्छन् !