जेन-जी बिद्रोहपछि कॅाग्रेस, एमाले, माओबादी पार्टीहरुलाई ‘क्रिमिनल ईन्स्टिच्यूसनहरु’ हुन भन्ने किसिमको भाष्य निर्माण गर्न निर्दलिय चरित्र भएका ‘नयॅा’ हरु लागि परे, लागिरहेका छन। बिशेष गरेर रास्वपाका सहरिया अवसरबादी नन पोलिटिकल एलिट सर्कल र कालीचश्मावाला बालेन यो मिशनमा क्रियाशील भएर लागेका छन।
हामी माथि २३८ बर्ष लामो निरंकुश शासन गरेका तानाशाही राजतन्त्रको मिलेर समूल अन्त्य गर्न सफल भएको कॅाग्रेस कम्युनिस्टहरुले मनमा ग्लानी पाल्नु पर्ने कुनै कारण छैन।
यो सत्य छ्यॅागै र उदॅागै छन। यो अराजनैतिक पपुलिस्ट ग्यॅागमा जेन-जी हाइज्याकर सुदन गुरुंगलाई रवि र बालेनले ‘प्रयोग’ र ‘उपयोग’ दुवै गरेका छन। यिनको दिमागी भण्डारनमा राजनीति, सिध्दान्त र विचार नभएकोले त्यो खाली दिमागमा सैतानको बास बसाउन कालीचश्मावाला पुरै ग्यॅाग क्रियाशिल थिए र छन।
हाम्रा ठुल्ठुला नेताहरु र राजनैतिक पण्डीतहरुले कसरी बुझ्नु भएको छ कुन्नी तर मेरो अब्जरभेशन र बुझाईमा चॅाही सैनिक मुख्यालयमा रक्षा बम, युजन राजभण्डारी र तनुजा पाण्डेहरुले ‘अवको वार्तामा राष्ट्रपति चाहिन्छ उहॅाको मध्यस्थता बिनाको वार्तामा हामी बस्दैनौ’ भनेर भन्ने ॲाट नगरेको भए अवस्था के हुन्थ्यो ति कालीचश्मावालाहरुनै जान्दछन।
सेना प्रमुखले लु दुर्गा प्रसाईं र रास्वपासंग वार्ता गर्नुस भन्दा खेरि उनै रक्षा बमहरुले ‘उनीहरु जेन-जी आन्दोलनका स्टेक होल्डरहरु हैनन हामी उनीहरुसंग वार्ता गर्दैनौं’ भनेपछि सिकारमा ॲाखा लगाएका हाइनाहरु पछि हटे।
हामीले बुझ्नु पर्ने कुराहरु के हुन भने यो ग्राण्ड डिजाइन सम्पुर्ण राज्य ब्यवस्था समाप्त पार्नका लागि थियो। त्यसैकारण त उनीहरुको निसानामा भ्रष्ट शासकहरु मात्र परेनन नेपालमा गणतन्त्र ल्याउने सवै दल परे।
कॅाग्रेस, एमाले र माओबादीका कार्यालयहरु जलाईए तत् तत् पार्टीका नेताहरुका घरहरु छानी छानी जलाईयो तर कालीचश्मावालाको डिजाईन मुताविक रास्वपा र राप्रपाका पार्टी कार्यालय र सबै नेताहरु सुरक्षित रहे।
बीपी कोईराला, पुष्पलाल र लखन थापाका सालिकहरु ढलाईए। कृष्णप्रसाद भट्टराईको कुटी र बीर गणेशमानको पैतृक घर समेत जलाईयो।
कालीचश्मावालालाई उधारो प्रधानमन्त्री बनाउने सातबॅुदे सहमतिपत्रमा ग्राण्ड डिजाईनवालाहरुले ढिल्लै भएपनि एउटा सफेद सत्य स्वीकारे त्यो के हो भने उनीहरुले जेन-जी बिद्रोहको स्वामित्व लिन्छु भने।
स्वामित्व लिने भनेको भदौ २३ गतेको प्रदर्शनको मात्र त हैन होला नि? सेलेक्टिभ भएर २३ गतेको चॅाही हाम्रो २४ गतेको चॅाही जेन-जीको भन्ने राजनैतिक बेईमानी त यिनीहरुले पक्कै गर्दैनन होला कि?
‘म (कालीचश्मावालाहरुले) सिंहदरवार जस्ताको तस्तै बनाको हेर्न चाहन्छु🇳🇵
(लामो समय अमेरिका बिताएका श्रेष्ठ अहिले सपरिवार क्यानडामा बस्नुहुन्छ । चलचित्र बसिदानका मुख्य कलाकार मध्येका एक हुनुहुन्छ र नेपाली राजनीतिका बारेमा निर्बन्ध र खरो टिप्पणी गर्नुहुन्छ ।-सम्पादक )